Erani Mahal
निस्दीमा तीजकाे शुभकामना आदानप्रदान कार्यक्रम
68771314_478683496048254_5589438054960988160_n

पाल्पा - निस्दीको अर्चलेमा तीजको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएकाे छ । अर्चले,पाल्पामा हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको हाे ।

देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था अर्चलेको आयोजनामा कार्यक्रम भएको हो।संस्थाका अध्यक्ष टेक बहादुर सोमैको अध्यक्षतामा चलेको कार्यक्रमको प्रमुख अतिथि निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनारीले यस्ता कार्यक्रमले आफ्ना संस्कृतिको संरक्षण गर्न सहयोग पुग्ने बताउदै आफ्ना संस्कृती र चाडपर्व मनाउन भड्किलो र खर्चिलो नगर्न सम्बद्ध सबैलाई अनुरोध गर्नुभएको थियो।कार्यक्रममा बिशिस्ट अतिथी निस्दी गाउँकार्यपालिका पाल्पाका सदस्य मिम्श्री बयम्बुले अर्चलेमै पहिलो पटक यस्तो कार्यक्रम रहेको बताउदै संस्थाको प्रसंशा गर्नुभएको थियो।

कार्यक्रममा संस्थामा आवद्ध महिला र पुरुष सदस्यहरुको उपस्थिति रहेको थियो।कार्यक्रमका संयोजक लिमी सरा रानाको स्वागत मन्तव्य बाट शुरुभएको कार्यक्रमको सन्चालन सचिब होम राई मगरले गर्नुभएको हो।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update