Erani Mahal
पाल्पामा गाँजा सहित दुइ महिला पक्राउ
555

पाल्पा – गाँजा सहित बुटवल जान लागेका दुई महिला पक्राउ परेका छन् । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धार्थ राजमार्गको प्रहरी टोलीले बसमा चेकजाँच गर्ने क्रममा बसमा दुई जना महिला गाजासहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तिनाउ–६, मस्यामकी २३ वर्षिया सीता बुचा र सोही स्थानकी ४० वर्षिया विमा रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


पाल्पाबाट बुटवल जाँदै गरेको लु १ ख ५५४७ नम्बरको बसलाई चेकजाँच गर्दा दुई जनाबाट नौँ सय ग्राम गाँजा बरामद भएको पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो । दोभान प्रहरी चौकीका प्रमुख बालबहादुर घर्तीमगरसहितको टोलीले दुबै जना महिलालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update