Erani Mahal
नेपाल बैंकको तानसेन भुसलडाँडामा एक्स्टेन्सन काउण्टर स्थापना, छहरामा शाखा
IMG_3064-1

पाल्पा – नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जीवि नेपालले आर्थिक कारोबार के मा गर्ने हो त्यसको पहिचान गरेर मात्र बैँकमा कारोबार गर्न आग्रह गर्नुभएको छ । नेपाल बैँक लिमिटेडको तानसेनस्थित भुसलडाँडामा एक्स्टेन्सन काउण्टरको आइतबार उद्घाटन गर्दै गभर्नर नेपालले गलत कामका लागि होइन, आर्थिक रुपमा सम्पन्न हुनका लागि बैँकसँग कारोबार गर्न सबैलाई आग्रह गर्नुभयो ।


उहाँले ऋण लिदा बैँकको नीति र प्रावधान बुझेर मात्र ऋण लिन आग्रह गर्दै नबुझी ऋण लिएको भनेर बैँकले कसैलाई पनि छुट दिन नसक्ने बताउनुभयो । बैँकले पनि कसैसँग पैसा लिएर अर्कैलाई दिने हो उहाँले भन्नुभयो त्यसैले अनुदान सम्झेर होइन की ऋण लिएको पैसा के मा लगानी गर्ने स्पष्ट भएर ऋण लिनुहोस् । राष्ट्र बैँकको नीति र सम्बन्धित बैँकको शर्तहरू बुझेर मात्र कारोबार गर्दा बैँक र सेवाग्रहीको सम्बन्ध सुमधुर हुने उहाँको भनाई छ ।


कार्यक्रममा नेपाल बैँक लिमिटेडका कार्यकारी अध्यक्ष बासुदेव अधिकारीले नेपाल बैँक वित्तिय कारोबार सुधार गर्दै जनतामा स्थापित हुँदै गएको दावी गर्नुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बैँकले युवा, महिला, दलितहरूलाई स्वरोजगार बन्न सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । प्रमुख शाहीले बैँकमा व्याज र ऋण घटबढ् हुने बेलामा सेवाग्रहीले थाहा नपाउने गुनासो बढिरहेकोतर्फ सचेत गराउँदै बैँकले ऋण र व्याज घट्बढ्का बारेमा सेवाग्रहीलाई जानकारी दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैँक भैरहवाका निर्देशक राजेन्द्र भट्टराई, नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्याल, नेपाल बैँक लिमिटेडका ५ नं. प्रदेश प्रमुख पाशाङ् दोर्जे शेर्पा लगायतले भुसलडाँडा क्षेत्रमा शाखाको रुपमा बैँक स्थापित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, तानसेन १ का अध्यक्ष रामप्रसाद बस्याल, मित्रलाल नेपाली, मिसन अस्पताल कर्मचारी युनियनका पूर्वअध्यक्ष दिपक बिसी, मिसन अस्पतालकै प्रशासकीय अधिकृत जीवन भट्टराईले शुभकामना दिनुभएको थियो ।

एक्स्टेन्सन काउण्टर स्थापनाले मिसन अस्पतालमा आउने बिरामी र आफन्त, अस्पतालका कर्मचारी र बगनासकाली गाउँपालिकाका जनताले समेत सेवा पाउने नेपाल बैँक तानसेन शाखाका प्रवन्धक सुरज घिमिरेले जानकारी दिनुभयो । यसैबीच तानसेनदेखि ४० किलोमिटर पश्चिमस्थित छहरामा छहरामा रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका र अर्घाखाँची जिल्लाका मानिसहरू केन्द्रमा राखेर नेपाल बैँकको शाखा स्थापना गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update