Erani Mahal
पाल्पाली संगमको साधारणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न
68719175_1305355629632886_5271149328713383936_n-1

पाल्पा - पाल्पाली संगम काठमाडांैको बार्षिक साधारण सभा तथा तिज विशेष कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । प्रत्येक बर्ष पाल्पाली संगमले नेपाली चेलीको पर्वको रुपमा रहेको तिजपर्वमा पेशा व्यवसाय तथा उच्च शिक्षाको सिलसिलामा काठमाडौंमा रहेका पाल्पालीहरु बिच सामिव्यतामुलक यो कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै पुर्व प्रधानन्यायधिस तथा मन्त्री परिषद्का पुर्व अध्यक्ष खिलराज रेग्मीले राज्यले खोजी गरेको बेला पाल्पालीहरुले महत्वपुर्ण कार्य सम्पादन, न्यायसम्पादन गरि पाल्पालीको शिर उचो बनाएका छन् । सदैव यो उच्च भुमिकाको लागि यस्ता भेटघाट अमुल्य रहने बताउनुभयो । उहाँले पर्यवेक्षक बनाएर वा अन्य विकल्पको खोजी गरेर विधान संशोधनबाट अन्य संस्थाका अग्रजलाई पनि समेट्न सके आफ्नो नमुना कार्य अन्य बिच साटासाट गर्न सकिने र अरु संस्थाको राम्रो कामको सिको हामीले गर्न सके संस्था थप परिस्कृत हुनेमा जोड दिनुभयो ।

सस्थाले आफैले लगानी गर्नुभन्दा काम गर्ने वातावरण बनाउने भएकाले जिल्लाका सबै स्थानीय तहका पदाधिकारीसँग समन्वय गरेर त्यहाँको विकासमा लाग्नु आबश्यक रहेको बताउनुभयो । भवानी अर्गनाइजेसन कुसुमखोलाका अध्यक्ष सुर्य आचार्य, तानसेन गुठीका अध्यक्ष सर्जुमान लिगल, गण्डकी प्रदेशका मुख्य सचिव हरि प्रसाद बस्याल, पाल्पाली संगमका निर्वतमान अध्यक्ष रुद्रनाथ बस्यालले राजधानीमा अनुभव बटुलेका पाल्पालीहरु र जिल्लाको विकासमा रचनात्मक काममा उत्पेरण जगाउने खालले अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो । संस्थाका उपाध्यक्ष केशब आचार्यले आगामी भावी कार्ययोजना, महासचिव बिष्णु खत्रीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सनिल नेपालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ ।

संस्थाको आजिवन तथा साधारण सदस्यका विषयमा १५ सदस्यीय समितिलाई १७ सदस्यीय समिति बनाउने बिषयपनि छलफलमा प्रस्तुत गरेर निर्णय गरिएको छ । पाल्पाका विभिन्न दर्जन बढी सस्थाको सहयोग तथा समन्वयमा भएको कार्यक्रममा पाल्पाली चेलीहरुले तिजका मौलिक गीतमा नाच प्रस्तुत गरेका थिए । शहरमा मौलिक गीतमा बाद्यबादनको साथमा गीत र नाच प्रस्तुत गर्दा गाउँले जिवनको झल्को दिएको पाल्पाका बिक्रम ढुुङ्गानाले बताउनुभयो ।

सोही अबसरमा सिनेजगत तथा गायन क्षेत्रमा आफुलाई चिनाउन सफल कलाकार तथा लोकगायक गायिकाको प्रस्तुतिले माहोल तताएको थियो । पाल्पाली नायिका शर्मिला मल्ल, गायिका श्रीदेवी देवकोटा, तारा के.सी, इन्द्र जि.सी, रमेश लगायतको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिलाएको थियो । गत जेठ १८ गते संस्थाको अधिबेसनले संगमको नयाँँ नेतृत्व चयन गरेसँगै यस कार्यसमितिले आगामी कार्ययोजना तथा विभिन्न उपसमिति गठन गरि विविध रचनात्मक काम गर्ने गरि अगाडी बढेको पाल्पाली संगम काठमाडौंका अध्यक्ष पदम न्यौपानेले जानकारी दिनुभयो । सोही अबसरमा संगमका अध्यक्ष न्यौपानेले कार्यक्रम गर्न समन्वयात्मक भुमिका निर्वाह गर्ने संघसस्थालाई प्रशंसा पत्र प्रदान गर्नुभयो । तिज विशेष कार्यक्रम परिषरमा व्यवसायीले पाल्पाली ढाकाका कपडाबाट बनाइएका ढाकाटोपी, झोला, सल, सारी लगायतका सामान सस्तो मुल्यमा बिक्री गरेका थिए भने पाल्पाली परिकार चुकाउनी सहित दर खुवाइएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update