Erani Mahal
तानसेनको ऐतिहासिक भगवती रथयात्रा (हेर्नुहोस् तस्बिरमा)
IMG_3187

पाल्पा – दुई सय वर्षअघि जीतगढी किल्ला विजयी गरेको सम्झनामा तानसेनमा शनिबार भगवतीको भव्य रथ यात्रा गरिएको छ । विस १८७१÷७२ मा नेपालको पश्चिमी भेगको तैनाथवाला कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले अङ्ग्रेज सैनिकमाथि विजयी हासिल गरी जीतगढी किल्ला विजयी गरेको सम्झानामा भगवती रथयात्रा गरिएको हो ।


त्यसबेला नेपालमा चार स्थान, कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जीतगढीमा अङ्ग्रेज सेनासँग भीषण युद्ध भएको थियो । ब्रिटिस साम्राज्यवादको आक्रमणबाट जोगाई जीतगढी किल्ला विजय गरेको उल्लासमा दुई सय वर्षअघिदेखि तानसेनमा भगवतीको रथ परिक्रमा गरेर विजय उत्सव मनाउने परम्परा रहदै आएको छ । तीन किल्लामा नेपाली सेनाले पराजय बेहोरेको थियो तर जीतगढी किल्ला मात्र नेपाली सेनाले विजयी हासिल गरेको इतिहासमा उल्लेख छ । तस्बिरहरु मिलन विश्वकर्मा र खेमराज पाण्डेयको संयोजनमा

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update