Erani Mahal
आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्न पाल्पा वृन्दावन धाममा राधाकृष्णको मन्दिर
69572192_338045646919841_5273423221838839808_n-1

तानसेन - पाल्पा वृन्दावन धाममा राधाकृष्ण मन्दिरको उद्घाटन गरिएको छ । तानसेन ८ र १० को संगमस्थल भालेबासमा व्यवसायी जगत पोखरेलको सहयोगमा राधाकृष्ण मन्दिर बनाइएको हो । मन्दिरको उद्घाटन गर्दै तानसेन नगरपालिकाका प्रमूख अशोककुमार शाहीले सिद्धार्थ राजमार्ग छेउमा बनेको मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।


पोखरेलको लगानीमा अहिलेसम्म तीन तले राधाकृष्ण मन्दिर बनेको छ । मन्दिर निर्माणमा अहिलेसम्म ३५ लाख लगानी भएको स्थानीय बासिन्दा वृन्दावन धामका अध्यक्ष केशव कार्कीले बताउनुभयो । वृन्दावन धाममा अहिलेसम्म हात्ती, कृष्ण भगवानको मुर्ति, एउटै खोलामा तीन वटा पुल, अजिङ्गर, कालीमाता कामख्यको अर्धभाग बनाइएको छ ।


उक्त क्षेत्रमा अहिले पाल्पा सहित स्याङ्जा, गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी, भारत लगायतका क्षेत्रबाट पर्यटकहरु घुम्न आउने गरेका छन् । सिद्धार्थ राजमार्ग हुँदै विभिन्न क्षेत्रमा यात्रा गर्ने मानिसहरु यहाँ घुम्ने गरेको धामका सचिव राजु विष्टले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न यहाँ वृन्दावन धाम बनाइएको हो । ५ नं. प्रदेश सरकारको सहयोगमा धाममा अहिले सिटाके च्याउको बल्क समेत बनेको छ ।

कार्यक्रममा बोल्दै भिजन लुम्विनीका अध्यक्ष समेत रहनुभएका व्यवसायी पोखरेलले आफ्नो भाई गणेश पोखरेलको सम्झनामा मन्दिर निर्माण गरेको जानकारी दिनुभयो । यस्तै दान दाता चुडाबहादुर पोखरेल, केशव कार्की लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update