X

नेपालले अंग्रेजलाइ युद्धमा हराएकाे सम्झनामा पाल्पामा भगवती रथयात्रा विहानदेखिनै भीड

रानीमहल संवाददाता || ७ भाद्र २०७६,शनिबार ०८:०६

पाल्पा – २ सय वर्षअघि जीतगढी किल्ला विजयी गरेको सम्झनामा तानसेनमा अाज भगवतीको भव्य रथ यात्रा गर्ने निकाल्ने तयारी पूरा भएकाे छ । विस १८७१/७२ मा नेपालको पश्चिमी भेगको तैनाथवाला कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले अङ्ग्रेज सैनिकमाथि विजयी हासिल गरी जीतगढी किल्ला विजयी गरेको सम्झानामा हरेक वर्ष भगवती रथयात्रा गर्ने प्रचलन छ ।


त्यसबेला नेपालमा चार स्थान, कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जीतगढीमा अङ्ग्रेज सेनासँग भीषण युद्ध भएको थियो । ब्रिटिस साम्राज्यवादको आक्रमणबाट जोगाई जीतगढी किल्ला विजय गरेको उल्लासमा एक सय ९९ वर्षअघिदेखि तानसेनमा भगवतीको रथ परिक्रमा गरेर विजय उत्सव मनाउने परम्परा रहदै आएको छ ।

फाइल तस्बिर ।

तीन किल्लामा नेपाली सेनाले पराजय बेहोरेको थियो तर जीतगढी किल्ला मात्र नेपाली सेनाले विजयी हासिल गरेको इतिहासमा उल्लेख छ । यही विजय गरेको सम्झनामा हरेक वर्षजस्तै यो वर्ष पनि रथयात्रा गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।


भगवतीमन्दिरमा रहेको भगवतीको रथ तानसेनका विभिन्न स्थानमा परिक्रमा गरी पुनः मन्दिरभित्रै बिसर्जन गरिएको गरिन्छ । शित्तलपाटी, नारायणस्थान, बसपार्क, टक्सार, लहरेपीपल, बसन्तपुरलगायतका स्थानमा परिक्रमा गरेर भगवतीको भव्य रथयात्रा गरिन्छ । पञ्चेबाजा र नेपाली सेनाको बाजासँगै गरिएको रथयात्रामा गरिन्छ ।


रणभूमीमा जानुपूर्व तैनाथवाला कर्णेल थापाले माता भगवतीसँग भाकल गरेर युद्धमा गएका थिए । अङ्ग्रेजका सेनालाई विजयी गरेपछि आफ्नो मनोकामना पूरा भएपछि नगरमा बर्सेनि भाद्र कृष्ण जन्माष्टमीको भोलीपल्ट रथ यात्रा गर्ने प्रचलन रहेको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताउनुभयो ।


पाल्पाको भगवती रथयात्रा राष्ट्रिय एकता र वीरताको प्रतिकका रुपमा रहेको स्थानीय बासिन्दाले बताएका छन् । वर्तमान राजनीतिमा राष्ट्रिय एकता र तत्कालिन नेपाली समुदायको ऐतिहासिक कार्य अहिले पनि सम्झनलायक र प्रेरणादायी रहेको संस्कृतिविद् निर्मल श्रेष्ठको भनाई छ । रथ यात्रा गर्नुभन्दा पहिले मन्दिरभित्र पशुवली दिएपछि भगवतीको रथ तानसेनका विभिन्न स्थानमा परिक्रमा गरिन्छ ।


पन्चवलीका रूपमा तीन वटा पाँडो, पाँच बोका, एक हाँस, एक कुखुरा र भेडा एक वली दिइन्छ । यस्तै कर्णेल उजिरसिंह थापाको नाममा एक बोका र एक पाँडो वली दिने प्रचलन रहदैँ आएको छ ।

मन्दिरमा रातभर जाग्राम र अाज विहान देखि नै पूजा गर्नेकाे भीड लागेकाे छ । भगवतीकाे मन्दिरमा पन्चवली सहित पूजामा श्रद्धालुकाे भीड लाग्ने गर्दछ । जात्रा हेर्न पाल्पा सहित देशभरबाट श्रद्धालुहरु पाल्पा अाएका छन् । जसले गर्दा पाल्पामा चहल पहल समेत निकै बढेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys