Erani Mahal
रिग्नेरह  स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भवन
68750772_1384158525071962_8280637869412843520_n

पाल्पा– पूर्वखोला गाउँपालिका रिङ्नेरमा रहेको रिग्नेरहको स्वास्थ्य चौकीको पुन निर्माण सहित सुबिधा सम्पन भवन निर्माण गरिएको छ ।


नव निर्मित भवनको संघीय सांसद दल बहादुर रानाले उद्घाटन गर्नुभयो । रानाले रिङ्नेरहको स्वास्थ्य संथालाइ १५ सैयाको हस्पिटल बनाउन आफूले सक्दो पहल गर्ने बताउँदै गाउँपालिकाको सहकार्यमा अघि बढ्न आग्रह गर्नुभयो । प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले घरमा सुत्केरी हुन भन्दा हस्पिटलमा सुत्केरी गराउन प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

उहाँले अस्पतालमा बिभिन्न दक्ष जनसक्तीले गर्दा आमा र बच्चाको स्वास्थ्य राम्रो हुने बताउनु भयो । आचार्यले यस क्षेत्रको बिकासका लागी गाउपालिका, प्रदेश तथा केन्द्र सरकार तीनै सरकार मिलेर काम गरेको बताउनुभयो । उहाँले पुर्वखोलाको सडकको स्तर उन्नती तथा एक घर एक धारा र पुर्ण सरसफाइ कार्यक्रम पूर्णाता पाउने बताउनु भयो ।


यस्तै अर्का प्रदेश सांसद युवराज खनाले निस्दिखोला र पूर्वखोलाको आवशक ठाउमा पक्कि पुलको बनाउन अध्यन गरिने बताउनु भयो । यस्तै पूर्वखोला गाउपालिका अध्यक्ष नुन बाहदुर थापाले पूर्वखोला भित्रको सबै स्वास्थ्य संथाको ल्याव सहित बिकास गर्ने र पूर्बखोलालाइ नो होम डेलिभरी को रुपमा बिकास गर्ने बताउनु भयो ।


कार्यक्रमा स्वास्थ्य कार्यमा सयोग गरेको भन्दै जग्गादाता, कर्मचारी तथा महिला स्वास्थ्य संयमसेबीकाहरुलाइ समेत सम्मान गरिएको थियो । उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराई, जिल्ला समन्वय समिती सदस्य इश्वरी न्यौपाने, लगायतले आफ्नो भनाइ राख्नु भयो ।


कार्यक्रमा पूर्वखोला गाउपालिका– ३ रिङ्नेरहका वडा अध्यक्ष निलकण्ठ भट्टराइको अध्यक्षतामा गाउँपालिका स्वास्थ्य उप संयोजक मोहन ढकालको संचालनमा भएको हाम्रा प्रतिनिधि डिल्लि पंगेनीले जनाउनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update