Erani Mahal
नेकपा नेता ढकालको घरमा बम विष्फोट गराएको अभियोगमा विप्लव समूहका नेता पक्राउ
tt

बुटवल - नेत्रविक्रम चन्द विप्लव समूहका रुपन्देही जिल्ला जनसरकार उपप्रमुखसहित ३ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-११ का ५० बर्षीय बिक्रम यादव, रुपन्देहीको गैडहवा गाउँपालिका-६ का ४३ बर्षीय रुदल यादव र सियारी गाउँपालिका-४ का ६३ बर्षीय विष्णुप्रसाद तिवारी (मुकेश) रहनुभएको छ ।

पक्राउ परेका बिक्रम यादव विप्लव समूहका जिल्ला जनसरकार उपप्रमुख हुन् भने रुदल यादव प्रादेशिक जनसरकार सदस्य रहनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश-५ का प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको घर र गाडीमा बम विष्फोट गराएको अभियोगमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गत साउन ३१ गते राति रुपन्देही सैनामैना नगरपालिका-८ शान्तिटोल स्थित ढकालको निवासमा विष्फोटन र आगजनी भएको थियो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि साउन १५ रुपन्देही गैडहवा गा.पा.वडा नं.२ सानो धुपही  एनसेल टावर आक्रमण गरेको अभियोगमा इलाका प्रहरी कार्यलय लुम्बिनीले विफोष्टन पदार्थ तथा आगलागी शीर्षकमा मुद्दा दर्ता भई अनुसन्धान भईरहेको जनाएको छ ।

उनीहरु एनसेल टावरको कम्पाउण्डमा लगाएको तारको जाली काटी भित्र प्रवेश गरेका थिए । जहाँ टावर र मेसिन जोडिएको तारहरुमा आगो लगाई बम पड्काइ क्षति पुर्याएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update