Erani Mahal
नेकपा पाल्पाको निर्वाचन क्षेत्र नं. २ को बैठक सम्पन्न
69367117_375343979830276_519332533305868288_n

पाल्पा– नेपाल कम्यूनिष्ट पाटी (नेकपा) पाल्पाको निर्वाचन क्षेत्र नं. २ को बैठक तानसेनमा सम्पन्न भएको छ । बैठकमा प्रदेश सहइन्चार्ज दलबहादुर रानाले अब राजनीतिक उपलव्धीलाई संस्थागत गर्न आर्थिक विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले तीन तहको सरकारलाई सफल बनाउन र संघीयताको कार्यान्वयमा कार्यकर्ताको सक्रियता आवश्यकता रहको बताउनुभयो ।


अर्को केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज सोम प्रसाद पाण्डेले नेकपाको सरकार र नेकपासँग अन्य शक्तिहरु अत्तालिएको बताउनुभयो । उहाँले अहिलेको सरकारले गरेका राम्रो कामको सबैतर्फबाट सर्मथन बढेपछि विपक्षीहरु अत्तालिएको बताउनुभयो । अर्का केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला सहइन्चार्ज तुलाराम घर्तीले पार्टी एकतालाई व्यवहारमै लैजानका लागि र आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य ठाकुर गैरे, प्रदेश कमिटि सदस्यहरु यादवबहादुर रायमाझी, राधाकृष्ण कँडेल, धनेन्द्रराज घिमिरे, नेत्रप्रसाद पाण्डे, दयाराज बस्याल, गीरबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले पार्टीका काम तथा गतिविधिबारेमा जानकारी गराउनु भएको थियो । बैठकमा नेकपाका केन्द्रीय सदस्यत्रय दल बहादुर राना, सोम प्रसाद पाण्डे, तुलाराम घर्तिमगर बसन्त, जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यले पाटीको वर्तमान अवस्था, सरकार र विकास निर्माणको कामका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

बैठकमा नेकपा गाउँकमिटीका अध्यक्षले आ–आफ्नो क्षेत्रमा भएको संगठन प्रगतिबारे जानकारी दिनुभयाे ।बैठकले पार्टी सदस्यता नविकरण, विकास निर्माणको काममा सहयोग गर्ने निर्णय समेत गरेको छ । निर्वाचन क्षेत्रिय कमिटिका अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव खेममाया थापाले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update