Erani Mahal
नेपाल-अंग्रेज युद्धमा जीतगढी किल्ला विजयी गरेको सम्झनामा पाल्पामा रथयात्रा गर्ने तयारी
bhagwati-jatra

पाल्पा – २ सय वर्षअघि जीतगढी किल्ला विजयी गरेको सम्झनामा तानसेनमा भगवतीको भव्य रथ यात्रा गर्ने तयारी गरिएको छ । विस १८७१/७२ मा नेपालको पश्चिमी भेगको तैनाथवाला कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले अङ्ग्रेज सैनिकमाथि विजयी हासिल गरी जीतगढी किल्ला विजयी गरेको सम्झानामा भगवती रथयात्रा गर्ने प्रचलन छ ।


त्यसबेला नेपालमा चार स्थान, कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जीतगढीमा अङ्ग्रेज सेनासँग भीषण युद्ध भएको थियो । ब्रिटिस साम्राज्यवादको आक्रमणबाट जोगाई जीतगढी किल्ला विजय गरेको उल्लासमा एक सय ९९ वर्षअघिदेखि तानसेनमा भगवतीको रथ परिक्रमा गरेर विजय उत्सव मनाउने परम्परा रहदै आएको छ ।

फाइल तस्बिर ।

तीन किल्लामा नेपाली सेनाले पराजय बेहोरेको थियो तर जीतगढी किल्ला मात्र नेपाली सेनाले विजयी हासिल गरेको इतिहासमा उल्लेख छ । यही विजय गरेको सम्झनामा हरेक वर्षजस्तै यो वर्ष पनि रथयात्रा गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।


भगवतीमन्दिरमा रहेको भगवतीको रथ तानसेनका विभिन्न स्थानमा परिक्रमा गरी पुनः मन्दिरभित्रै बिसर्जन गरिएको गरिन्छ । शित्तलपाटी, नारायणस्थान, बसपार्क, टक्सार, लहरेपीपल, बसन्तपुरलगायतका स्थानमा परिक्रमा गरेर भगवतीको भव्य रथयात्रा गरिन्छ । पञ्चेबाजा र नेपाली सेनाको बाजासँगै गरिएको रथयात्रामा गरिन्छ ।


रणभूमीमा जानुपूर्व तैनाथवाला कर्णेल थापाले माता भगवतीसँग भाकल गरेर युद्धमा गएका थिए । अङ्ग्रेजका सेनालाई विजयी गरेपछि आफ्नो मनोकामना पूरा भएपछि नगरमा बर्सेनि भाद्र कृष्ण जन्माष्टमीको भोलीपल्ट रथ यात्रा गर्ने प्रचलन रहेको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताउनुभयो ।


पाल्पाको भगवती रथयात्रा राष्ट्रिय एकता र वीरताको प्रतिकका रुपमा रहेको स्थानीय बासिन्दाले बताएका छन् । वर्तमान राजनीतिमा राष्ट्रिय एकता र तत्कालिन नेपाली समुदायको ऐतिहासिक कार्य अहिले पनि सम्झनलायक र प्रेरणादायी रहेको संस्कृतिविद् निर्मल श्रेष्ठको भनाई छ । रथ यात्रा गर्नुभन्दा पहिले मन्दिरभित्र पशुवली दिएपछि भगवतीको रथ तानसेनका विभिन्न स्थानमा परिक्रमा गरिन्छ ।


पन्चवलीका रूपमा तीन वटा पाँडो, पाँच बोका, एक हाँस, एक कुखुरा र भेडा एक वली दिइन्छ ।
यस्तै कर्णेल उजिरसिंह थापाको नाममा एक बोका र एक पाँडो वली दिने प्रचलन रहदैँ आएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update