Erani Mahal
सामाजिक संजाललाई मिडिया भनेर बुझ्दा समस्या : अध्यक्ष श्रेष्ठ
IMG_2910

पाल्पाकाे हराएकाे १० लाख खाेज्नुस्

पाल्पा – प्रेस काउन्सिल नेपालका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले नयाँ प्रविधि, फेसबुक, ट्वीटर र युट्युवका कारण पत्रकारहरूले स्वतन्त्र र निर्भिक रुपमा पत्रकारिता गर्ने वातावरण नरहेको बताउनुभएको छ । समाजिक सञ्जाल पत्रकारिता पेशाका लागि चुनौती बनिरहेको तर्फ सचेत गराउँदै अध्यक्ष श्रेष्ठले सरकारले पनि मिडिया भनेको सामाजिक सञ्जाल हो भन्ने बुझ्दा समस्या भएको बताउनुभयो ।


नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको त्यसले पत्रकारलाई नियन्त्रण गर्ने र दण्डित गर्ने कानुन आएको बताउनुभयो । हामीले मूलधारका पत्रकारहरूलाई त्यो कानुन आकर्षित नहुने गरी वातावरण बनाउन लागेका छौँ उहाँले भन्नुभयो यद्यपी कानुन सबैको हकमा लागू हुनेछ ।


अख्तियारले मान्छे समाउने, सामाजिक सञ्जालले अपराधी, भ्रष्टाचारी भनेर घोषणा गर्ने, सामाजिक संजाल र अनलाइनका कारण आत्महत्या बढेको उहाँले दावी गर्नुभयो । पत्रकार शालिकाराम पुडासैनीको भिडियो परिवारनै आफूलाई बुझाएको र भिडियो १३ मिनेटको मात्र रहेको बताउनुभयो । १३ मिनेट भन्दा बढी भिडियो कसैसँग भए प्रकाशित गर्न उहाँले चुनौती दिनुभयो । 
भिडियो १३ मिनेटको नै हो तर सत्य कुरा भीडले नपत्याउने रहेछ ।

तथ्य यही नै हो, कसैसँग थप १० मिनेटको भिडियो भए प्रशारण गर्नुस् । यसमा रवि प्रति आफ्नो कुनै पूर्वाग्रह नरहेको उहाँको भनाई छ । रवि जीले (उहाँ) क्लिनचीट लिएर फर्कनुहोस् मेरो चाहना यही छ । पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन पत्रकार आचारसंहिता पुनरावलोकन गर्ने क्रममा रहेको जानकारी दिदैँ पत्रकारहरूका लागि छिट्टै नयाँ आचारसंहिता ल्याउने बताउनुभयो । 

२० लाख तपाइहरूले खाेज्नुस् 
पत्रकार अन्तर्क्िरयामा महासंघका उपाध्यक्ष भरत शर्माले पुडासैनी आत्महत्या प्रकरण र पाल्पाको बीस लाख प्रकरणका बारेमा पनि कौतुहलता प्रकट गर्नुभयो । जनआस्था साप्ताहिकले समाचार लेखेको र फलोअप गरेको २० लाखको लेनदेनको विषय तथ्यपूर्ण नै रहेको श्रेष्ठले बताउनुभयो । समाचारमा यति कुरा आएपछि अख्तियार, प्रहरी, सतर्कता केन्द्रले अनुसन्धान गर्नुपर्ने होइन र ? सम्पादक श्रेष्ठले जिज्ञासा राख्नुभयो । किशोर श्रेष्ठ सम्पादक रहेको पत्रिकाले एक महिनाअघि पाल्पाका सन्तोष नेपाल, संचारकर्मी अनु खनालका बीचमा भएको लेनदेनको समाचारको छापेको थियो ।

पाल्पाका पत्रकारहरुले समाचार किन फ्लोअप भएन भन्ने प्रश्नमा बोल्दै उहाँले यस विषयमा समाचार छाप्दा धेरै मानिसको फोन र डर आएको सुनाउनुभयो । लेनदेनको कागज प्रहरीभित्रको जवान कटुवाल थरले लेखेको छ, प्रहरी कार्यालयभित्र नेपाललाई केरकार गरिएको छ । सोही क्रममा पत्रकार भरत शर्माको १० लाख आयो, १० लाख कहाँ गयो भन्ने प्रश्नमा श्रेष्ठले खातामा गएको देखियो, खल्तीमा गएको कहाँ देखिन्छ र ? बाँकी पाल्पाका पत्रकारहरूले नै समाचार लेख्नुस् उहाँले भन्नुभयाे ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update