Erani Mahal
नेकपा पाल्पाको निर्वाचन क्षेत्र स्तरीय बैठक ताहुँ र तानसेनमा सम्पन्न
IMG_2875-1

पाल्पा – नेकपा पाल्पाको क्षेत्रीय समन्वय कमिटी निर्वाचन क्षेत्र नम्बर १ को बैठक बुधबार ताहुँमा सम्पन्न भएको छ । बैठकले यहि भदौ १५ गतेसम्म मातहतका कमिटीको बैठक बसिसक्ने, असोज मसान्तसम्म जनवर्गीय संगठनको बैठक तथा भेला सम्पन्न गर्ने, नयाँ सदस्यता वितरण तथा नविकरण गर्ने र विकासका काम प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने लगायतका निर्णय गरेको नेकपा पाल्पाका सचिव गीरबहादुर थापा बिरवलले बताउनुभयो ।

बैठकमा नेकपाका केन्द्रीय सदस्यत्रय दल बहादुर राना, सोम प्रसाद पाण्डे, तुलाराम घर्तिमगर बसन्त, जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यले पाटीको वर्तमान अवस्था, सरकार र विकास निर्माणको कामका बारेमा प्रशिक्षण दिनुभएको थियो । बैठकमा नेकपा गाउँकमिटीका अध्यक्षले आ–आफ्नो क्षेत्रमा भएको संगठन प्रगतिबारे जानकारी दिनुभयाे । क्षेत्रीय कमिटी अध्यक्ष बुद्धिराज गौतमको अध्यक्षतामा भएको बैठकमा पाटीका जिल्ला सचिव गीरबहादुर थापा विरवलले परिपत्र बाचन गरेर सुनाउनुभएको थियो ।

रम्भा गाउँकमिटी इन्चार्ज बिष्णु प्रसाद भण्डारीले स्वागत गर्नुभएको बैठकमा क्षेत्रीय सचिव सन्तोष भट्टराइले संचालन गर्नुभएको थिया । बैठकमा केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्लाका पदाधिकार र क्षेत्रीय कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो । यसैबीच निर्वाचन क्षेत्र नं. २ को समेत बिहीबार तानसेनमा बैठक तथा प्रशिक्षण कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला, केन्द्र र प्रदेशस्तरीय नेताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update