Erani Mahal
चट्याङ लागेर पाल्पामा एक युवती गम्भीर घाइते
light

पाल्पा । पाल्पामा गएराती चट्याङ लागेर एक युवती गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा रिब्दीकोट गाउँपालिका–१ ख्याहाको गोपाल मन्दिरस्थित २८ वर्षीया सीता पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताउनुभयो ।

गएराती करिब ८ बजे अविरल वर्षासँगै परेको चट्याङ लागेर उनी बेहोस भएकी थिइन् । घाइते पाण्डेको अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार उनको अवस्थामा सुधार हुँदै गएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update