Erani Mahal
भारतीय दुताबासबाट पाल्पाकाे कालीगण्डकी फाउण्डेसनलाई एम्बुलेन्स प्रदान
68489237_486628431903606_4488625069274169344_n-1

काठमाडौं -  भारतको ७३ औं स्वतन्त्रता दिवसको अबसरमा भारतीय दुतावासले पाल्पाको कालीगण्डकी फाउण्डेशन नेपाललाई एम्बुलेन्स प्रदान गरेको छ । समाजमा परोपकारी काम गर्दै आएका गैरनाफामुुलक नेपालका संस्थाहरुलाई भारतका विभिन्न दिवस तथा उत्सवमा एम्बुलेन्स, स्कुलबस लगायत विविध सहयोग गर्दै आएको भारत सरकारले जिल्लाको रामपुरमा रहेको सामाजिक संस्था कालीगण्डकी फाउण्डेसन नेपाललाई काठमाडौं स्थित भारतीय राजदुतावासमा भएको एक भब्य समारोहमा भारतमा राजदुत मञ्जिव सिंह पुरीले संस्थाका सचिव सीता डोेटेललाई एम्बुलेन्सको साचो हस्तान्तरण गर्नुभयो । 

भारत सरकारले नेपालमा मित्रराष्ट्रको दायित्व र नेपालीले हरेक तवरले पु¥याएको महत्वपुर्ण भुमिकाले नै दुई देशबीचको मित्रता उच्च रहेको बताउनुभयो । यस सहित देशका विभिन्न जिल्लाका संस्थाहरुलाई दुवातासले ३० एम्बुलेन्स प्रदान गरेको छ ।

त्यस्तै राजदुत पुरीले ६ वटा शैक्षिक संस्थालाई स्कुल बस र सबै प्रदेशलाई समेटेर ४० विद्यालयका प्रतिनिधिलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभयो । समारोहमा भारतीय सेनामा सेवाका क्रममा वीरगति प्राप्त गरेका नेपालीका परिवारलाई बीमावापतको रकम हन्तान्तरण गर्नुभयो । त्यसै गरी सोही अवसरमा राजदूतले ३ वीर नारी, ५ एकल महिला, ६ दिंवगत सैनिकका आफन्तीेलाई ५ करोड ३१ लाख नगद रकम र कम्मल वितरण गरी सम्मान गर्नुभयोे ।

नेपालका लागि भारतका राजदूत मञ्जिव सिंह पुरीले भारतको राष्ट्रिय झण्डा झण्डोत्तलन गरि दिवसका अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले जारी गर्नुभएको शुभकामना सन्देश वाचन गर्नुभएको थियो । भारत सरकारले नेपालका सबै जिल्लालाई समेट्ने गरि विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई गरि हालसम्म ७ सय ५२ ओटा एम्बुलेन्स र १ सय ४८ वटा बस उपहार स्वरुप प्रदान गरिसकेको जानकारी दिइएको थियो ।

जसले हजारौँ नेपाली जनताहरुलाई स्वास्थ्य सेवामा सरल पहुँच विस्तार गर्नुका साथै हजारौँ विद्यार्थीहरुका शैक्षिक आवश्यकतामा महत्वपुर्ण भुमिका खेलेको राजदुत पुरीले विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा सामाग्री प्राप्त गर्ने देशभरका संघसंस्थाका प्रतिनिधि, भारतीय सेनामा शहिद हुन पुगेका नेपालीका परिवार, राजदुवातावासका कर्मचारी उनीहरुका परिवार भारतीय समुदाय र विभिन्न संघसंस्थाको उल्लेख्य सहभागिता रहेको थियो । 

समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौं केन्द्रीय विद्यालय र मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तीपूर्ण गीतहरु प्रस्तुत गरे । नेपाल आर्मी ब्याण्डको सुमधुर प्रस्तुती सँगै सो समारोहको समापन गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update