Erani Mahal
सिस्नेरी वन समूहकाे वार्षिकाेत्सव
68447536_1303698829799322_5083692513257062400_n

पाल्पा – सिस्नेरी सामुदायिक वन उपभोक्ता समूह तिनाउ–२, सिस्नेरीको २४ औं वार्षिकोत्सब तथा १० औं अधिवेशन अमर सिह भण्डारीको अध्यक्षतामा तिनाउ गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमूख अतिथि गाउँपालिकाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठले शित्तलचिनीको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।


कार्यक्रममा उहाँले वन सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण र उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले यहाँका जनताको आयआर्जन बृद्धिका लागि गाउँपालिकाले एक देखि पाँचवटा आँप, लिची र कागतीको बिरुवा वितरण गरेको जानकारी दिनुभयो ।


कार्यक्रममा दोभान माविका प्रधानाध्यापक सुर्यप्रसाद पौडेलले वनले शिक्षा क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताउनुभयो । सो कार्यक्रममा सामुदायिक वन समन्वय समिति तिनाउका अध्यक्ष अमर प्रधान, छिमेकी सामुदायिक वनका अध्यक्षहरु कुसुमडाँडा सामुदायिक वनका अध्यक्ष भिमिसरा घर्ती, सातपत्रे सामुदायिक वनका अध्यक्ष हरि प्रसाद पाण्डे, भुतखोला सामुदायिक वनका संस्थापक अध्यक्ष मोतिराम लम्साल, वालज्योति प्राविका प्रअ विनोद गाहा, शेर बहादुर थापा, राम बहादुर भण्डारी, टिकाराम खरेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।


ईन्दिरा कंडेलले स्वागत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष रविन्द्र पौडेलले वार्षिक आयब्य प्रस्तुत गर्नुभएको थियो । सो अधिवेशनले अमर सिं भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन गरेको छ । जसमा उपाध्यक्ष यज्ञ प्रसाद, खरेल, सचिव ईन्दिरा कंडेल, कोषाध्यक्ष रविन्द्र पौडेल, सहसचिव तुल्सी भण्डारी र सदस्यहरु भिमलाल भट्टराई, लिला चिदी, तुल्सि दर्नाल र सीता आचार्य रहनुभएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update