Erani Mahal
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत अरुणखोलाको डाइभर्सन बाढीले बगायो, राजमार्ग अवरुद्ध
68731687_426601494871205_7401816294258900992_n

नवलपरासी - पूर्व पश्चिम राजमार्ग अन्तर्गतको अरुणखोलाको पुल भाचिएपछि २ दिन अघिमात्र बनाइएको ड्राइभर्सन खोलामा आएको बाढीले बगाएको छ ।

गत वुधवार विहान ट्रकको ठक्करबाट अरुणखोला पुल भाचिए पछि वनाइएको ड्राइभर्सजन आज साझ आएको वर्षा संगैको वाढिले वगाएपछि अहिले पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

खोलमा आएको वाढिले ड्राइभर्सन वनाउन प्रयोग गरिएको हु्यम पाइपहरु केहि मिटर वगाएर लगेको छ । शनिवार दिउसो देखि केहि सहज वनेको पुर्व पश्चिम राजमार्गको यातायात सेवा अाइतबार बेलुकी ६ वजे देखि पूर्ण रुपमा रोकिएको छ ।

अस्थाइ ड्राइभर्सजन निर्माण भए सगै यातायात सेवा सुचारु भएको खवर सुनेर आएका सयौ यात्रु र सवारी साधन विच वाटोमा अलपत्र परेका छन् । खोलामा पनीको वाहाव ठुलो रहेकाले तत्काल वैकल्पीक मार्ग मार्फत यातायात सेवा सञ्चालन गर्न सम्भव नरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र पैदल यात्रु भने पुल माथि वाट नै यात्रा गरेका छन् ।

मध्यविन्दु नगरपालिका अन्तर्गतको अरुणखोला पुल पुर्व र पश्चिम सवारि साधनको जाम लागेको इलाका प्रहरी कार्यालय अरुणखोलाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update