Erani Mahal
महायज्ञकाे पूर्वसन्ध्यामा रिडी धाममा सरसफाई
67955998_416072025670173_6099703164980690944_n-copy

पाल्पा – पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा बृहत सरसफाई गरिएको छ । रुरु (रिडी) क्षेत्रमा आगामी भदौँ २८ गतेदेखि असोज १७ गतेसम्म हुन लागेको धार्मिक एवं सांस्कृति महोत्सव एवं ज्ञानमहायज्ञको अवसर पारेर यहाँ बृहत सरसफाई गरिएको हो ।


नेपालको एक धाममध्ये रुरु धानको विश्वभरि प्रचार गर्ने उद्धेश्यले महायज्ञको आयोजना गरिएको छ । यसैको पूर्णसन्ध्यामा विविध कार्यक्रम अनुसार सरसफाई गरिएको हो । रिडी क्षेत्रलाई पवित्र राख्न नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दा, महायज्ञ आयोजक समितिका पदाधिकारी सरसफाई कार्यक्रममा सहभागी भएका थिए ।

रिडी धाममा सरसफाइमा सहभागीहरू ।


रिडी क्षेत्र अत्याधिक फोहोर भएकाले यसलाई निरन्तर सरसफाई राख्नका लागि सरसफाई गरिएको तानसेन–१४ का वडाअध्यक्ष कमल रानाले जानकारी दिनुभयो । रुरु क्षेत्र नेपालको चार धाममध्ये एक महत्वपूर्ण पौणाणिक धाम हो ।

हिन्दुधर्मालम्बीहरुले यस क्षेत्रमा आएर रिडीको दर्शन गरे मात्र मोक्ष प्राप्त हुने बालयोगेश्वर महाराजले बताउनुभयो । उहाँले भदौँ २८ देखि असोज १७ गतेसम्म रिडी धाममा हुने महायज्ञमा सबैलाई एक मुठी माटो लिएर घर–घरबाट महायज्ञमा सहभागी हुन आग्रह समेत गर्नुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update