Erani Mahal
निस्दीमा स्थानीय शिक्षा ऐन सम्बन्धी सुझाव संकलन
68419629_1113682712353040_4753103967041355776_n

पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा स्थानीय शिक्षा ऐन,२०७५ माथि छलफल कार्यक्रम तथा सुझाव संकलन शनिबार अर्चले, पाल्पामा सम्पन्न भएको छ ।

निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेका अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा कार्यक्रम सन्चालन भएको हो।कार्यक्रममा बोल्दै वडाध्यक्ष सुनारीले यस वर्ष निस्दी गाउँपालिका,पाल्पाले यो वर्ष शिक्षा वर्षको रुपमा मनाउने भएकोले सबै भन्दा बढी बजेट शिक्षामा बिनियोजन गरेको बताउनुभयो ।

आफ्नो जिम्मेवारीलाई शिक्षकले भुल्न नहुने बताउदै यो वर्ष शिक्षा क्षेत्रमा १ करोड ५० लाख बिनियोजन गरेको समेत जानकारी दिनुभयो।कार्यक्रम गोरखनाथ माध्यमिक विद्यालय अर्चलेका प्रधानाध्यापक इश्वरी प्रसाद अर्याल, सिन्दुर आधारभूत विद्यालय सिसिङ्गाका शिक्षक होम बहादुर राई, कमला प्राथमिक विद्यालय रनगुवाका प्रधानाध्यापक हेम बहादुर बयम्बु लगायतकाले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

आगामी गाउँ सभामा पारित हुने स्थानीय ऐन सम्बन्धि छलफल आजै निस्दी गाउँपालिका,पाल्पाका ७ वटै वडामा भएको निस्दी गाउँपालिका, पाल्पाका प्रबक्ता समेत रहनुभएका वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभएको छ । अर्चलेका विभिन्न विद्यालयका ३६ जना शिक्षकहरुको उपस्थिति रहेको कार्यकमको सन्चालन वडा सचिब मीन बहादुर रानाले गर्नुभएको हो ।

प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update