Erani Mahal
पाल्पामा दुम्सी मारेर खाने तीन जना पक्राउ
644062578Dumsi

पाल्पा – पाल्पामा जङ्गली जनावर दुम्सी मारेर खाने तीन जना पक्राउ परेका छन् । रिव्दीकोट गाउँपालिका–५, कुसुमखोला मरेकडाँडाका बसन्तबहादुर खड्का, सोही गाउँपालिका–६ का भीमबहादुर गाहा र धनबहादुर गाहालाई दुम्सी मारेर खाएको आरोपमा प्रहरीले पक्राउ जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।


डिभिजन वन कार्यालयको अनुरोधमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । दुम्सीको मासु काटेर सामाजिक सञ्जालमा राखेको देखेपछि त्यसैका आधारमा उनीहरूलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुन चापागाईंले जानकारी दिनुभएको छ ।


उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ । उनीहरूलाई प्रतिव्यक्ति २० हजारसम्म जरिवानाका साथै एक वर्षसम्म कैद वा दुवै सजाय तोकिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update