Erani Mahal
जात्रामा रौनकता घट्यो : तानसेनमा परम्परागत गाईजात्रा प्रदर्शन गरियो
68927918_905557996478276_3621388373832237056_n

तानसेन - तानसेनको चोक–चोकमा शुक्रबार गाइजात्रा निकालिएको छ । दिवंगत परिवार सहित अन्य कलाकारले हरेक वर्ष तानसेनमा गाइजात्रा निकाल्ने प्रचलन रहेको छ । गाइजात्रा प्रस्तुतीले गाइजात्रा हेर्न आउने दर्शन तथा श्रोताले चाख मानेर हेरेका थिए ।
गाईजात्राको अवसरमा गत वर्षको तुलनामा यस वर्ष जात्रा अवलोकन गर्न आउने सहभागी कम रहेको थियो । ५/७ वर्ष अगाडि गाईजात्रामा हजारौँ मानिसहरू तानसेन आएपनि यो वर्ष उल्लेख्य सहभागिता नदेखिएको स्थानीय बासिन्दाले बताएका छन् ।

गत वर्षहरूमा तानसेन, बराङ्गदी, बन्दीपोखरा, काजीपौवा, भुसालडाँडा क्षेत्रबाट काम्लोको गाई बनाएर निकाल्ने जात्रा यो वर्ष नदेखिएको पाका पुस्ता बताउँछन् ।
तानसेनका नेवारी समुदायले भने वासा र निर्गुण गाउँदै नगरपरिक्रमा गरेका थिए । नेवारी परम्परा अनुसार एक वर्ष भित्र मृत्यु भएका परिवारबाट गाईजात्रा निकालिने गरिन्छ । तानसेनमा काठमा पछि सबै भन्दा बढी जात्रा मनाइन्छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update