Erani Mahal
५ नं. प्रदेश सरकारकाे सहयाेगमा निस्दी गापालाई एम्बुलेन्स सहयाेग
IMG_8361

पाल्पा - जिल्लाकाे पूर्वमा रहेकाे निस्दी गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण प्रदान गरिएकाे छ । बिरामी भएका बेला अस्पतालसम्म पुग्ने एम्बुलेन्स नभएपछि प्रदेश ५ सरकारकाे सहयाेगमा निस्दी गाउँपालिका २ काे सहलकाेट स्वास्थ्य चाैकीलाइ एम्बुलेन्स प्रदान गरिएकाे हाे ।

सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर ५ को सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा एम्बुलेन्स प्रदान गरिएको हो । प्रदेश सांसद नारायण आचार्य, युवराज खनाल, जिल्ला समन्वय समिति अध्यक्ष दयाराज बस्यालले गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुलाई एम्बुलेन्सको साचो तथा कागजात हस्तान्तरण गरिएको हो ।

कार्यक्रमा प्रदेश सांसद नारायण आचार्यले निस्दी गाउँपालिका मानव सुचकांङ्कमा पछि पर्नुका साथै बिभिन्न अवसरबाट बञ्चित रहदै आएकोमा स्वास्थ्य सेवाको पहुँच एम्बुलेन्सकाे सेवाले पुग्ने बताउनुभयाे । यस्तै अर्का सांसद युवराज खनालले ग्रामीण बस्तीका आधारभुत तहका जनतालाई स्वास्थ्य शिक्षाको क्षेत्रमा पहुँच पु¥याउन सबैको भुमिका रहनु पर्ने बताउनुभयाे । जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले जनताको प्रत्यक्ष सरोकार संग जोडिएको स्वास्थ्य सेवालाई सहज बनाउन एम्बुलेन्स सहयोगी हुने बताउनुभयाे ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा एम्बुलेन्सको साँचो तथा कागजात ग्रहण गर्दै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले आफुहरुले पाएको उपहारलाई गरिव जनताको हितमा उपयोग गर्ने बताउनुभयाे । उहाँले गरिवलाई हात्तीको दान जस्तो उखान नबनाई अब छिट्टै नै कार्यविधी बनाई दिर्घकालिन रुपमै संचालन गर्ने बताउनुभयाे ।

केम खाम्चा स्मिृती प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी देवीलाल लामिछानेले सदरमुकाम देखि करिव ९० किलोमिटर पूर्वमा रहेको सहलकोट, बाकामलाङ क्षेत्रलाई प्राप्त एम्बुलेन्सले दुर दराजमा रहेका सर्व साधारण जेष्ठ नागरिक, सुत्केरी अशक्तहरुलाई एम्बुलेन्सले राहत पु¥याउने बताउनुभयाे । प्राप्त एम्बुलेन्स सेवा निस्दी, रामपुर नगरपालिका र पूर्वखोला गाउँपालिकाका बस्तीहरुमा सेवा पु¥याउन सकिने लामिछानेले बताउनुभयाे ।

कार्यक्रमबारे जानकारी दिदै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले पाल्पा जिल्लामा हालसम्म २० वटा एम्बुलेन्स संचालनमा रहेको र अब रामपुर र रम्भामा पनि ल्याउने तयारी भैरहेको बताउनुभयाे । हस्तान्तरण कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी माधव ज्ञवालीको संचालन र जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालको अध्यक्ष्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update