Erani Mahal
माछा मार्ने क्रममा खाेलामा डुबेर दुई जनाको  मृत्यु
death-balik

मिलन विश्वकर्मा, पाल्पा - स्याङ्जाकाे ज्यादी खाेलामा माछा मार्ने क्रममा नदीमा डुबेर २ जनाकाे मृत्यु भएकाे छ । खोलामा डुबेर सोमबार राति दुइ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा चापाकोट नगरपालिका–५ का ५५ वर्षीय वीरबहादुर थापा र सोही ठाउँका ४५ वर्षीय निरबहादुर आले रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिनुभएकाे छ ।

सोमबार अपरान्ह चारबजेतिर उनीहरु गाउँ नजिकै रहेको ज्याग्दी खोलामा माछा मार्न गएका थिए ।  सोही क्रममा खोलामा डुबेर मृत्यु भएको हो। घट्ना बेलुकीपख भएपनि आफुहरुले राति करिब ९ बजे खबर पाएको प्रहरीले जनाएकाे छ ।

प्रतिनिधिमुलक तस्विर : स्राेत गुगल ।

उनीहरुको शब पोष्टमाटम गरेर अहिले आफन्तलाई बुझाउने तयारी भइरहेको छ।   मृतक निरबहादुर आले स्थानीय राम मन्दिर माविका शिक्षक समेत रहेको बुझिएको छ। पाल्पा र स्याङजाको संगम बनेर बगेको कालीगण्डकी नदिमै ज्यादीखाेला मिसिएकाे छ ।

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update