Erani Mahal
कार्यकर्तालाई एकजुट भएर समाज परिवर्तनमा लाग्न नेकपाका नेता पोखरलको आग्रह
IMG_2720-1-1

पाल्पा - नेकपा ५ नं. प्रदेशका इन्चार्ज शंकर पोखरलले व्यक्तिलाई नेता बनाउन भन्दापनि समाज परिवर्तनका लागि लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा पाल्पाले सोमबार तानसेनमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपाका ५ नं. प्रदेशका इन्चार्जसमेत रहनुभएका पोखरेलले पूर्व दुई पार्टीका सदस्यहरू एक भएर समाज रुपमान्तरणको काममा लाग्नुपर्नेमा उहाँको जोड छ ।


केन्द्रका केही नेताको विवादले जिल्ला स्तरका नेता तथा कार्यकर्ता विभाजित नपर्ने उल्लेख गर्दै नेता पोखरेलले समय र परिस्थिति अनुसार केन्द्र स्तरका नेताहरुबीच बहस चल्नु स्वभाविक रहेको बताउनुभयो । केन्द्रमा भएको सामान्य बिवादलाई तल्लो तहमा कुनै छलफलको विषय बनाउन आवश्यक छैन उहाँले भन्नुभयो सबै एक भएर पाटी सङ्गठनलाई मजबुत बनाउन लाग्नुस्, सामाजिक परिवर्तनका लागि काम गर्नुस् ।


पार्टी एकतामा ढिलाई भएकोप्रति लक्षित गर्दै नेता पोखरेलले राजनितिक, मनोवैज्ञानिक र भावनात्मक विचारनै फरक–फरक बोकेर हिडेका दुई ठूला पार्टीबीच पूर्ण रुपमा एकता हुन अझै समय लाग्ने उहाँको भनाई छ । उहाँले विपक्षीले गरेको टिप्पणीको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै एकता सफल भएरै छाड्ने उहाँले बताउनुभयो । अब पूर्व पार्टी नभई नयाँ पाटी नेकपाको सदस्यता बाँड्दै हिड्नुस् उहाँले भन्नुभयो जहाँ जनताले सङ्गठनको महशुस गरेका हुन्छन् त्यहाँ नेकपा पुग्नुपर्छ ।


एकतन्त्रीय शासनबाट मुलुक सङ्घीयतामा जाँदै गर्दा केही हलचल हुनुलाई अन्यथा लिनु नपर्ने ५ नं. प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका पोखरेलले बताउनुभयो । परिवर्तन स्वीकार्न नसक्नेहरुले सङ्घीयताको विरोध गरिरहेका छन् मुख्यमन्त्री पोखरेलले भन्नुभयो परिवर्तनको बेगलाई अब कुनै शक्तिले रोक्नेवाला छैन् ।

नेकपा पाल्पाका अध्यक्ष नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गिरबहादुर थापाले संचालन गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका ५ सय भन्दा बढी अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update