Erani Mahal
कवि निश्चलको 'किस्ता किस्तामा जिन्दगी' बजारमा
111

पाल्पा - कवि आरवी निश्चलको कविता सङ्ग्रह “किस्ता किस्तामा जिन्दगी” माथि समिक्षा गरिएको छ । जातीय छुवाछुतलाई उठान गरिएको यो कवितासङ्ग्रह चिन्तन अस्तित्वको, कवि–पंक्षी पिँजडा, उत्कण्ठा मुक्तिको गरी तीन खण्डमा रहेको छ । सम्पूर्ण किताबको आयोजनामा भएको परिचर्चामा “ किस्ता किस्तामा जिन्दगी” माथि समीक्षक डा. एकनारायण पौडेल, जीवन युगिन, सुजाता देवकोटाले समीक्षा गर्नु भएको थियो ।

सामाजिक मुद्धा बोकेको यस कृतिमा लेखकले छुवाछुतको विषयलाई राम्रो संग उठान गरेको र कृतिको शव्द चयनले लेखकको लेखकीय क्षमतालाई स्पष्ट रुपले झल्काएको टिप्पणी समीक्षकहरुको थियो । मञ्जरी पब्लिकेशनले प्रकाशन र टाइम्स क्रियसनले आवरण गरेको “किस्ता किस्तामा जिन्दगी” आर। वी निश्चलको ५ औँ कृति हो । उहाँले यो भन्दा पहिला मौन हिमाल, आँसु खस्दै गर्छ, पैताला पुकार कविता सङ्ग्रह र सपना फूल खण्डकाव्य सार्वजनिक गरिसक्नु भएको छ ।

पाल्लामा जन्मनु भएका आर।वी निश्चल जातिय कारणले धेरै तिरस्कार भोगनु परेको त्यो दिन सम्झँदा आङ सिरिङ्ग हुने बताउनु हुन्छ । उहाँले सुख–दुख आँसु–हाँसो प्रकट गर्ने नजिकको साथीको रुपमा कविता रहेको बताउनु भयो । कार्यक्रममा सम्पूर्ण किताबका सस्थापक अध्यक्ष विजय विश्वकर्मा लगायत साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २५, २०७६  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update