Erani Mahal
गुल्मी जिप दुर्घटनामा चालकको मृत्यु
jeep-2-accident

गुल्मी - गुल्मी जिल्लामा शुक्रबार साँझ जीप दुरघटना हुँदा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।

दुर्घटनामा छत्रदेव गाउँपालिका ४ निवासी ४८ वर्षीय चालक हरिप्रसाद पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दीपककुमार बस्नेतले जानकारी दिनुभएकाे छ ।

दुर्घटनामा रेसुंगा नगरपालिकाका दीपक विक, शेरबहादुर विक र बोजेन्द्र तथा अर्घाखाँची घर भएका कृष्ण पाण्डेय घाइते रहनुभएकाे छ । उनीहरुलाई उपचारका लागि पाल्पा पठाइएको छ । दुर्घटनामा परेको जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

प्रकाशित मिति: शनिबार, साउन २५, २०७६  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update