Erani Mahal
तिनाउ गाउँपालिका पाल्पाकाे वित्तिय प्रगति ९१ प्रतिशत
Photo-palpa

पाल्पा । तिनाउ गाउँपालिका पाल्पाले आर्थिक बर्ष २०७५/०७६ मा ९१ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । ७ वटा क्षेत्रगत शिर्षकमा मध्ये संस्थागत तथा सेवा प्रवाहमा भने शतप्रतिशत प्रगति हासिल भएको छ ।

प्रगति समिक्षा, खर्च सार्वजनिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम प्रस्तुत गरिएको प्रतिवेदन अनुसार ७७ देखि १०० प्रतिशत सम्म प्रगति हासिल भएको देखिन्छ । प्रतिवेदन प्रस्तुत गदै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानुप्रसाद पनेरुले चालु शिर्षकमा गाउँपालिकाले ६४ देखि ६८ प्रतिशत मात्रै खर्च गरेर आर्थिक मितव्याहिता अपनाउन खोजेको प्रष्ट पारेका छन् ।

गाउँपालिकाले सभाहल, खेलकुद मैदान, वडा नं. ४ को वडा कार्यालयको कामलाई अगाडी बढाएको, प्रदेश सरकारको सहलगानीमा डढेगाउँ लिफ्टङ्ग खानेपानी योजना संचालन, गाउँपालिका गुरुयोजना निर्माण जस्ता महत्वपूर्ण काम गर्न सफल भएको अधिकृत पनेरुले बताउनुभयाे ।

गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले ९९ प्रतिशत सहभागिता जुटाएर दिगो र भरपर्दो विकासमा गाउँपालिका लागेको बताउनुभयाे । उहाँले ४ वटा विद्यालयहरुमा छात्रावासको थालनी, प्राविधिक धारको कृषि शिक्षा, सामुदायिक स्वास्थ्य इकाइहरुको स्थापना, कृषि र पशुपालनमा पकेट क्षेत्रहरुको विकास जस्ता उपलब्धीहरु हासिल भएको बताउनुभयाे ।

उपाध्यक्ष दमयन्ती थापाले स्वागत गरेको कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले खानीहरुबाट थप आर्थिक स्रोत बृद्धिमा पहल गर्नुपर्नेमा जोड दिएका थिए । सहभागीहरुले जिज्ञासा भन्दा धेरै सुझावहरु दिएका छन् ।

उनिहरुले विद्यालयको अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने, वडा नं. २ मा सुविधा सम्पन्न स्वास्थ्य चौकी स्थापना गर्नुपर्ने, पर्यटन विकासका पूर्वाधारहरुको विकास गर्नुपर्ने, कृषि र पशुपालन व्यवसायको विकाससंगै उत्पादित बस्तुको बजारिणकरणमा ध्यान दिनुपर्ने, गाउँपालिकामा प्राविधिक जनशक्ती थप गर्नुपर्ने लगायतका सुझाव राखेका थिए । सार्वजनिक सुनुवाइ सहजिकरण पाल्पा विकास केन्द्रले गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update