Erani Mahal
छहरा स्वास्थ्य चाैकीकाे उद्घाटन
DSC_0679

पाल्पा – पाल्पाको रैनादेवी छहरा–४ छहरामा बनेको नवनिर्मित भवनको उद्घाटन भएको छ । लामो समयदेखि पुरानो जिर्ण रहेको स्वास्थ्य चौकीले सेवा दिइदैं आएकोमा अबदेखि नयाँ भवनबाट सेवा दिन सुरु गरिएको हो ।


भवन उद्घाटन गदै गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले भवन जसरी नयाँ बनेको छ, त्यही अनुसार सेवाग्राहीलाई सेवा समेत गुणस्तरीय दिन आग्रह गर्नुभयो । उहाँले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्दै गाउँपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।


छहरा स्वास्थ्य चोैकी भवन निर्माण गर्नको लागि जग्गा उपलब्ध गराएको भन्दै जग्गा दाता देवीप्रसाद पौडेल, दान बहादुर थामी, महेश बराल देब कुमारी रायमाझीलाई बाजागाज सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । यस्तै २५ वर्ष सम्म सेवा गरेर सेवा निबृत्त हुनु भएका निर्प कार्कीलाई समेत मायाको चिनो फुल माला लगाएर बिदाई गरिएको थियो ।


कार्यक्रममा उपस्थित भएका अधिकांश अतिथिले छहरा स्वास्थ्य चौँकीको भवन स्तर उन्नति हुनुपर्ने, स्वास्थ्य बिमाको रिफर यहीबाट हुनुपर्ने, प्राप्त औषधी उपलबध हुनुपर्ने, कुरा राखेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चेत कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, जिल्ला स्वास्वा कार्यालयकी कल्पना पौडेल लगायतले अब रैनादेवी छहराका जनताले फराकिलो ढंगबाट स्वास्थ्य सेवा पाउने कुरा बताएका थिए ।

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि संघ, संस्थाका प्रतिनिधिहरू समाजसेवी बुद्धिजिवि व्यापारी स्वास्थकर्मी महिला स्वास्थ्य स्वमसेविका हरु लगायतको उपस्थित रहेको थियो । छहरा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिका प्रबक्ता विष्णु पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख प्रतिक्षा लाम्टाङेको स्वागत र वडा सचिव रविन्द्र रायमाझीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update