Erani Mahal
रानीमहल प्रेम, पर्यटन र आध्यात्मको त्रिवेणी
DhA4sjgUYAEYTmy

दामोदर रेग्मी

पाल्पा आफैंमा प्रकृतिले सजिएको सुन्दर बगैचा हो प्रकृतिले दिनुपर्ने सबै सुन्दरताले भरिपूर्ण छ यो पूर्णताको एउटा विम्व रानीमहल हो ।

वीर शमशेरको प्रधानमन्त्रीत्वकालमा खड्ग शमशेरकमाण्डर इन चिफ बनेतरअठार महिनापछि उनी पदच्यूत भै  निर्वासितजीवनको लागिपाल्पा सरे ।  पछि उनलाई वि.सं. १९४५ मा पश्चिम नेपालकोरूपन्देही, कपिलवस्तु, बाग्लुङ र पर्वतको जिम्मेवारीकासाथ पाल्पाको गौंडामापश्चिम कमाण्डरको जिम्मा दिइयो ।  सोहीबेला वि.सं. १९४९ मा उनकी रानीतेजकुमारीको कालगतिले मृत्यु भयो । खड्गशमशेरको रानी तेजकुमारीसँग अत्यन्तै प्रेमभाव थियो । अन्तिम समयमा रानी तेजकुमारीले कालीगन्डकीको उत्तरबाहिनी क्षेत्रमाआफ्नो प्राण त्याग गर्ने इच्छा राखेपछि हाल निर्माणभएको रानीमहलको छेउमा प्राण त्याग गरेकी थिइन् ।मृत्युको अन्तिम क्षणमा खड्ग शमशेरलेरानीलाई उनको सम्झनामा महल निर्माण गरी स्मृतिलाईताजै राख्ने वचन दिएका रहेछन् ।  सोही स्थानमा खड्गशमशरेले रानी तेजकुमारीको सम्झनामा तेजमहल निर्माणगरेका हुन् । उनले बेलायतबाट इन्जिनियरझिकाएर रानीमहल निर्माण गर्न लगाएका थिए। 

खड्गशमशेरले वि.सं. १९४९ सालदेखि निर्माण सुरु गरेको रानीमहलदरबार १९५५ सालमा पूरा भएको थियो ।दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई 'प्रेमको प्रतीक' का रूपमा लिइने गरिन्छ ।‘तेजमहल’पछि गएर रानीमहलमा परिणत भएको हो । यसलाइ  नेपालको ताजमहलको रूपमा पनि चिन्ने गरिन्छ ।

कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।यस महलको पूर्व तिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन्। दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध तिर्थ मुक्तिनाथ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवा समेत निर्माण गरिएको थियो । करीब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमलमा २४ वटा कोठाछन्। ताजमहलको  परिसरमा मनमोहक बगैंचा, शिवलालय, पानीपोखरी, शिबलिङमानागनागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला ठूला घण्टहरुसहितको विभिन्न आकर्षक कलाकृतिहरु रहेका छन्। 

खड्ग शमशेरले आफ्नी दिवङ्गत रानीको सम्झनामा दरबारको निर्माण गरेतापनि पाँच वर्षसम्म मात्र रानीमहलमा बस्न पाएको जानकारहरूको बताउछन् ।विसं १९६० मा खड्ग शमशेरले श्री ३को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफनो हातमा लिएको बताइन्छ । यस अवस्थामा आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमुल्य बस्तु छाडेर तीन साँचो र सम्पत्ति लिई खड्गशमशेरभारत पलायन भएपछि प्रेमको प्रतिकको रुपमा निर्मित रानीमहल एक्लो बन्न पुगेको इतिहासकारहरू बताउछन्।

कालीगण्डकीको किनारमा बनाइएकोरानीमहल पाल्पा जिल्ला साविक बौघागुम्बा गाविस- २ मा अवस्थित छ । हाल तानसेन नगरपालिकामा पर्नेरानीमहलपाल्पाको सदरमुकाम तानसेनदेखि १४ किलोमिटर उत्तरमा छ। धार्मिक र पर्यटकीयरुपले अति महत्वपूर्ण रानीमहलमा जिल्ला सदरमुकाम तानसेनदेखि ३ घण्टाको पैदलदूरी र १ घण्टाको यातायात वाट मा पुग्न सकिन्छ।

रानीमहलको धार्मिक महत्व

  • रानीमहलको अगाडी वाट अविरल वगिरहेको कालीगण्डकीनदीको प्राचीन धार्मिक महत्व रहेको छ । कालीगण्डकीका शिला साक्षात नारायण अवतार हुन्  यिनको प्राण प्रतिष्ठा गर्नु पर्दैन ल्याएर भक्तिभावका साथ पूजा अर्चना गरेमा कल्याण हुन्छ भन्ने शालिग्राम महात्म्यमा उल्लेख छ । आर्यावर्त भूमिका नदीहरुमा पाइने यस प्रकारको साक्षात देवताकालीगण्डकी नदीमा मात्र पाइन्छ ।
  • कृष्णगण्डकी मुक्तिनाथ क्षेत्रवाट कागवेनी रुद्रवेनी गलेश्वर रिडी हुदै रानीघाटमा आएकी हुन् त्यहांवाट राम्दी हुंगी केलादी हुदै देवघाट तर्फ प्रस्थान गरेकी हुन् । यसर्थ रानीघाट एउटा पवित्र तीर्थस्थल हो ।
  • बनारसमा भागीरथी गंगा उत्तरतर्फ प्रवाहित भएकी छन् ।यसैले काशी प्रसिध्द तीर्थस्थल भएको छ। काशीमा मृत्यु हुनेको मुक्ति हुन्छ भन्ने शास्त्रीय भनाइ छ ।रानीघाटमा पनि कालीगण्डकीको प्रस्रणधार उत्तरतर्फ प्रवाहित भएको छ ।उत्तर फर्केर पूजा आजा गर्नु लाइ शुभ फल प्राप्त हुने विधिको रुपमा बुझिन्छ स्वयं नदी नै उत्तरमुख भएर बगेको स्थानमा धर्म कर्म गर्नु पुराण लगाउनु कल्याणप्रद हुनु स्वभाविकै हो । यसै कारणले उत्तरवाहिनी कालीगण्डकी नदी रानीघाटमा पर्ने कारणले खड्ग शमसेरले यहि पवित्रस्थलमा दरवार वनाउने चाहना पूरा गरेका हुन् ।
  • स्याङ्जा र पाल्पाको संगमस्थल धार्मिकस्थल राम्दिदेखि २० किलोमिटरको दूरीमा रहनु । 
  • कालीगण्डकी करिडोर का अन्य तीर्थस्थलहरु मुक्तिनाथ र रिडी संग जोडिनु
  • रानीमहलकै तलबाट सुसाउँदै बग्ने कालीगण्डकीको पवित्र पानीछोए मात्र पवित्र भइन्छ भन्ने भनाइ रहँदैआएको छ । 

पर्यटकीय महत्व

  • ‘प्रेमको प्रतीक’ रानीमहलको पर्यटकीय महत्व
  • प्रायः प्रेमजोडीकोमनजोड्ने रोजाइ स्थलको रूपमा रानीमहल रहेको छ । 
  • रानीमहलकालीगन्डकी नदी र पाल्पाकोबौघागुम्हा र खानीगाउँ तथा स्याङ्जाको प्राकृतिक मनोहरता
नेपाली समाजमा प्रणय दिवसको महत्व बढ्दै जाँदा एकान्तस्थलका साथैपाल्पाको रानीमहलको महत्व पनि दिनहुँ बढ्दै गएको । प्रेम दिवस वा अन्य कुनै प्रत्येक दिन प्रत्येक दिन सयौं युवा–युवती ‘प्रेमको प्रतीक’ रानीमहल पुगिरहेका छन् ।
  • उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरलेरानीमहललाई राम्दीदेखी अर्गलीसम्मको सडक यातायातसँग जोडेसँगै यहाँ पुग्नेपर्यटकहरुको संख्यामा वृद्धि भएको छ। रानीमहल अर्थात रानीघाट कालीगण्डकी करिडोरसँग जोडिएसँगै  यसको धार्मिक रपर्यटकीय आयामलाइ आर्थिक आयाम संग जोड्न सक्ने संभावना रहेकोछ ।
  • स्याङ्जा र पाल्पाको संगमस्थल धार्मिकस्थल राम्दिदेखि पनि २० किलोमिटकै दूरीमा रानीमहल पुग्न सकिने भएकालेपोखरादेखी रानीमहल पुग्ने र ती तीर्थयात्री वा पर्यटकलाइ भैरवस्थान रिडी हुदै तानसेन मा वास वस्ने वातावरण तयार गर्न सकिन्छ ।

आगामी कार्यदिशा

  • रानीमहलपर्यटकीय हिसाबले सम्भावनाले भरिएको छ ।  तर महलको पुनर्निर्माण रसंरक्षणले निरन्तरता पाउनु आवश्यक हुन्छ । 
  • मानववस्तीभन्दा टाढा रहेको रानीमहलभित्र बहुमूल्यसामानहरू जडित भए पनि संरक्षणको अभावमा अहिले बहुमूल्य सामानहरू उपलब्ध  छैनन् । 
  • साना जीप र मोटरबाइकबाटघण्टाभरमै सजिलै पुग्नसकिने रानीमहलको सौन्दर्य र त्यहाँको प्राकृतिकमनोरमले पर्यटकको मनलाई सजिलै लोभ्याउँछ ।  यस्तो सुन्दर ठाउँकोदृश्यावलोकनका लागि पुनर्निर्माण रसंरक्षणको उचित प्रबन्ध हुनु आवश्यक छ ।  
  • रानीमहलको उत्तरवाहिनी कालीगण्डकी नदीको धार्मिक आयामको थप प्रचार प्रसार गरि यसको वाट लाभान्वित हुन चाहनेलाइ यसको वास्तविक महत्वको बोध गराउनु आवश्यक छ ।  
  • नेपाल सरकारले पाल्पास्थित ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको रानी महल स्थानीय सरकारलाई  हस्तान्तरण गरेको छ ।  रानीमहलले केही वर्ष यता राष्टिय रुपमै पर्यटनको गन्तव्यको रुपमा स्थापित गराएको छ । यसर्थ रानीमहलको विकासमा  तानसेन नगरपालिकाको भूमिका प्रभावकारी हुनु आवश्यक छ ।  
  • प्रदेश ५ कोसरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । लुम्बिनी भ्रमण वर्ष लुम्बिनीलाई रानीमहलसँग जोड्नु आवश्यक देखिन्छ । साथै नेपाल भ्रमण वर्ष सग पनि रानीमहललाइ आबध्द गराउनु आवश्यक देखिन्छ ।
  •  रानीमहलको निर्माणकर्ता खड्गशमशेरले लुम्बिनीमा रहेको अशोक स्तम्भ पत्ता लगाएका थिए । त्यसैलेपनि रानीमहल रलुम्बिनीको यो अन्तरसम्बन्ध विकास गरी रानीमहललाइ लुम्बिनी सगको संजालमा आबध्द गर्न सकिन्छ ।
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update