X
0
Shares

पर्यटकीय स्थल ‘रानीमहल’काे गुरूयाेजना बन्दै

रानीमहल संवाददाता || २० श्रावण २०७६,सोमबार १६:३३

पाल्पा – ऐतिहासिक एवं पर्यटकीय स्थल रानीमहल दरबारको गुरु योजना सार्वजनिक गरिएको छ । ऐतिहासिक रानीमहललाई व्यवस्थित बनाउने सोंचका साथ समुन्नति गैरसरकारी संस्थाले तयार पारेको विस्तृत गुरु योजना तानसेनमा सार्वजनिक गरिएको हो ।


संस्थाका परामर्शदाता आकिटेक्चर ईन्जिनयिर समिर पौडेलले विस्तृत गुरु योजना प्रस्तुत गर्दै यसका लागि दुई करोड ५३ लाख खर्च अनुमानित गरिएको जानकारी दिनुभयो । समुन्नतिको तर्फबाट प्रकाश पाण्डेले रानीमहलमा पर्यटक आकर्षित गर्ने आवश्यक पूर्वाधार निर्माणसहितका विषय समेटेर गुरुयोजना तयार भएको बताउनुभयो । उहाँले रानीमहललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन विभिन्न व्यक्ति तथा संस्थाको सुझाव पछि गुरुयोजनालाई पूर्णता दिने बताउनुभयो ।


तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बाह्Þय तथा आन्तरिक पर्यटकको बसाई लम्ब्याउन र यसको व्यवसायिक विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अहिले पनि प्रदेश सरकारले त्यहाँसम्म पुग्ने सहज बाटो निर्माणमा ध्यान दिएको र तानसेन नगरपालिकाले पनि यसको व्यवस्थापकीय पक्षमा काम गरिरहेको बताउनुभयो ।


पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ र पाल्पा व्यापार सङ्घका अध्यक्ष चिरञ्जीवी पोखरेलले रानीमहललाई जिल्लाभित्र आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने स्थल बनाउन जोड दिनुभयो । उहाँहरूले पाल्पालाई पर्यटन क्षेत्रको माध्यम्बाट चिनाउन पनि रानीमहलको व्यवस्थित गुरुयोजना सहित विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।


सार्वजनिक गरिएको गुरुयोजनामा सरोकारवालाहरूले रानीमहल दरबार र आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पाल्पा र स्याङ्जा जिल्लाका स्थानीय तहहरूका बीचमा सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरूले पाल्पामा रानीमहल भएपनि अन्य आवश्यक पूर्वाधार निर्माणमा स्याङ्जाको स्थानीय तहको समेत भूमिका रहने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys