Erani Mahal
पहिरोले अबरुद्ध तानसेन-रामपुर बाटो खुल्यो
11

पाल्पा - गएरातीको पहिरोले अबरुद्ध आर्यभन्ज्याङ्ग - रामपुर सडकखण्ड खुलेको छ । यश सडकखण्डको रामपुर नगरपालिका अन्तर्गत बहखोला- बेलडाँडा सडक बिचमा पर्ने धारा नजिक राती धुले पहिरो खसेको थियो ।

बिहान रामपुर नगरपालिकाको पहलमा डोजरले पहिरो हटाएर झण्डै पन्ध्र घण्टापछि बाटो सुचारु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव निरीक्षक सोम बहादुर सारुले जानकारी दिनुभयो । करिव ३० मिटर सडकमा माथिबाट पहिरो झरेकाले बिहानै बाट पहल गरिएपनी केही समय लागेको सारुले बताउनुभयो ।

पटक - पटक हिलो पहिरो गइरहेको गिजिनडाँडामा माथीबाट सुख्खा पहिरो सहित रुख खसेपछि बिहानैदेखी तानसेन बुटवल तर्फ जाने र आउने सवारी साधन चल्न सकेको थिएन । राती झण्डै ९ बजे पहिरो झरेपछि रामपुर तर्फ आउने लोड सहितका सवारी साधन बिच- बिचमा रोकिएका थिए । बाटो खुले संगै यातायातका साधन गुड्न थालेका छन् ।

तस्विर : धनबहादुर ठाडा

तानसेन रामपुर जब्गादी खालिवन बैकल्पिक बाटो भएकाले साना गाडी बैकल्पिक बाटो जाने आउने गरेपनी रामपुर सिताकुण्ड क्षेत्र, रामपुरदेखी निस्दी जाने आउने गाडी र तानसेन बुटवल चल्ने सार्वजनिक सवारी साधन त्यस बाटो हुँदै चल्न सकेको थिएन ।

बाटो खुले संगै सवारी साधन गन्तव्यमा लागेका छन् । विशेष गरि यस सडकखण्डको सिलुवा -रामपुर खण्ड खोलेर फराक बनाउने काम भैरहेकालेको पनि पहिरोको उच्च जोखिम छ । केही भागमा ढुङ्गा खस्ने जोखिम बढेको यात्रुको गुनासो छ ।

प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update