Erani Mahal
रिडी धाममा आगामी 'साेह्र श्राद्द'काे अवसरमा महायज्ञ हुने
Ridi-mela-gulmi-by-kapil-gyawali

पाल्पा – नेपालको चार धाममध्ये एक रुरु धाममा आगामी भदौँ २८ गतेदेखि असोज १७ गतेसम्म श्रीमद् भागवत महायज्ञ हुने भएको छ । ऐतिहासिक रुरु धाम क्षेत्रको सांस्कृतिक पहिचान र यसको प्रचारप्रसार गर्न २०७६ सालको सोह्र श्राद्धको अवसर पारेर विराट ज्ञान महायज्ञ गर्न लागिएको हो ।


नेपालमै पहिलो पटक पवित्र धाम रुरु क्षेत्रमा दिवंगत पितृहरुको उद्दार गर्ने र रुरु धामलाई चिनाउने महायज्ञको मूल उद्देश्य रहेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । २१ दिन हुने महायज्ञमा एक करोड द्वीप प्रज्वलन, एक करोड शिव पार्थिव लिंग निर्माण गरी पुजा गरिने, बनारस, हरिद्वार र पशुपतिनाथमा जस्तै प्रत्येक दिन कालीगण्डकी गंगामाताको विशेष ध्यान गरिने, ५१ हजार बढी व्यक्तिहरूबाट तुलादान गरिनेछ ।


यस्तै एक सय आठ तीर्थस्थलको जलसहित हेलिकोप्टरमार्फत पुष्प वृष्टि गरिने, प्रत्येक घरको जमिनको माटो, अन्न, लिएर पूजन गरिने, ५१ सय शान्ति कलश पुजन गरिने लगायतका कार्यक्रम रहेका छन् ।

फाइल तस्विर ।


महायज्ञमा विश्व विख्यात श्रीमद् भागवत कथा प्रवक्ता बालयोगेश्वर महाराजबाट संगीतमय कथावाचन हुने प्रचारप्रसार कोर्डिनेटर खेमराज पाण्डेले जानकारी दिनुभयो । महायज्ञ भव्य रूपमा गर्नका लागि विभिन्न उपसमिति बनाएर प्रचारप्रसार र अन्य अावश्यक तयारी गरिएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update