Erani Mahal
बुटवल बसपार्कमा बसकाे छतमा युवककाे शब फेला
bas-park

बुटवल - बुटवलको नयाँ बसपार्कमा पार्किङ गरिराखेको बसको छतमा शव फेला परेको छ ।

गुल्मी चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ३०/३५ वर्षका दीपक थापाको शव फेला परेको हो । उहाँकाे शव लु १ ख ६१३७ नंम्बरको बसको छतमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभएकाे छ ।

प्रहरीका अनुसार पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको हो । शवलाई आफन्तको जिम्मा लगाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update