Erani Mahal
'रिडी घाट'बाट अस्पताल भर्ना गरिएकी महिलाको मृत्यु
death-1

पाल्पा – अर्धजलका लागि रिडी घाट पु¥याइएकी रैनादेवी छहरा–१, सिद्देश्वरकी ३६ वर्षकी नर्मदा ज्ञवालीको मृत्यु भएको छ । नर्मदाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । झाडापखालाबाट बिरामी हुनुभएका ज्ञवाली गत असार २५ गते तानसेनस्थित मिसन अस्पतालमा उपचार गरिएको थियो ।


मिसनमा १० दिन उपचारको क्रममा उनको सुधार नभएपछि थप उपचारका लागि भनेर आफन्तले नर्मदालाई डिस्चार्ज गरिदिन आग्रह गरे अनुसार उनको डिस्चार्ज भएको थियो । तर डिस्चार्जपछि परिवारले नर्मदाको अन्तिम संस्कार गर्न भन्दै रिडी घाटमा पु¥याइएको थियो । रिडी घाटमा अर्धजल दिने क्रममा नर्मदाले आँखा खोलेपछि मलामी र आफन्त आश्चर्यमा परेका थिए ।

प्रतिनिधि तस्विर : गुगल ।


त्यसपछि थप उपचारका लागि तानसेनको प्रभासमा भर्ना गरिएको थियो । केही दिनसम्म नर्मदाको स्वास्थ्य अवस्था सुधार भएको थियो । तर दुई दिनदेखि स्वास्थ्य गम्भीर बनेको थियो । उनको मुटु र मृगौलामा देखिएको गम्भीर समस्या देखिएको पा्रल्पा अस्पतालका प्रमूख डा. पुष्प ज्ञवालीले इरानीमहललाइ बताउनुभयो ।


शवको पोष्टमार्टम पछि आफन्तलाई बुझाईसकिएको डा. ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा गत साउन ५ गतेदेखि उनकाे आकस्मिक कक्षमा राखेर उपचार भईरहेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update