Erani Mahal
पाल्पाकाे रामपुरमा अज्ञात समूहद्वारा 'एनसेल टावर'मा आगजनी
tower_1HVtyTEEUX

पाल्पा – रामपुर–१, गाडाकोट चिहानडाँडामा रहेको एनसेनको टावरमा अज्ञात समूहले मट्टितेल खन्याएर टावरमा आगजनी गरेकाे छ । आगजनीबाट तार जल्दा एनसेनको सेवा प्रभावित बनेको छ ।

बुधबार राति अज्ञात समूहले जुटको बोरामा मट्टितेल खन्याएर बिटिएससम्म पुग्ने कनेक्सन तारमा आगो लगाउँदा टावरको सेवा अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिंह खाम्चाका अनुसार ऐनसेटको टावरबाट हुने सेवा अबरुद्ध भएपछि मात्र स्थानीयबाट जानकारी आएको हो ।

प्रतिनिधि तस्विर : गुगल ।

बुधबार कति बजे, कसले टावरमा आगो लगाएको हो भन्ने विषयमा जानकारी हुन सकेको छैन । प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले नेकपा विप्लव नेतृत्वका कार्यकर्ताबाट घटना भएकाे हुन सक्ने अनुमान गरेकाे छ । विप्लवका कार्यकर्ताले देशभरि नै एनसेनका टावरमा आक्रमण गरेका छन् ।

टावरको क्याबिनेट कनेक्सन बीटिएस तारमा जुटको बोरामा मट्टीतेल छर्किएर तारमा फालेपछि जलेको प्रहरीले जनाएको छ । टावर नजिकै मट्टीतेल भएको बाेत्तल भेटिएको छ । मकैबारीको बिचमा रहेको टावरमा राती घटना भएकोले पनि कसैले थाहा नपाएको स्थानीयको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update