Erani Mahal
पाल्पामा ट्रक दुर्घटना हुँदा एक जना गम्भीर घाइते
67453903_352730155649195_8003343175781449728_n-1

पाल्पा - चितवन भरतपुरबाट पाल्पा रामपुर आउँदै गरेको ना ३ ख २८० नम्बर को ट्रक तानसेन- रामपुर सडक अन्तरगत रामपुर-५ बहखोलामा दुर्घटना भएको छ । ट्रक दुर्घटना हुँदा ट्रकका चालक गोखरा जिल्ला ताप्लेका ५० वर्षिय भोजबहादुर बोगटी घाइते हुनुभएको छ ।

दुर्घटना बुधबार दिउँशो भएको हो । घाइते बोगटीको रामपुर अस्पतालमा उपचार पछि थप उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभासमा लगिएको छ । घाइतेको अवस्था गम्भीर छ ।

ट्रक सडकबाट एक सय मीटर तल खेतमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुरमा प्रहरी निरीक्षक भुपाल सिंह रानाले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, साउन १५, २०७६  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update