X

पाल्पामा अपराधिक घटनाको संख्यामा बृद्धि

रानीमहल संवाददाता || १४ श्रावण २०७६,मंगलवार १६:२७

पाल्पा – जिल्लामा पछिल्लो समयमा आपराधिक घटनाको संख्यामा बृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पामा पछिल्लो तीन वर्षको अबधिमा पाल्पामा आपराधिक घटना बृद्धि भएको तथ्यांक छ ।

प्रहरीमा पछिल्लो समयमा आत्महत्या, जबर्जस्ती करणी, दुर्घटना, सार्वजनिक अपराध, चोरी, जस्ता घटनामा बृद्धि भएको छ । दुई वर्ष अघिभन्दा आर्थिक वर्ष २०७५/०७६ मा आत्महत्या सम्बन्धी घटना बृद्धि भएको छ ।

यस्तै जबर्जस्ती करणीको मुद्दा आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा भारी मात्रामा बृद्धि भएको छ । दुई वर्षअघि जबर्जस्ती करणीका ८ वटा मात्र मुद्दा प्रहरीमा दर्ता भएकोमा आर्थिक वर्ष २०७५/०७६ मा बढेर २४ वटा मुद्दा परेको छ । यस्तै आत्महत्या सम्बन्धी मुद्दा पनि बढेको छ । दुई वर्षअघि ६५ वटा मुद्दा दर्ता भएकोमा २०७५/०७६ को असार मसान्तसम्ममा ८३ वटा मुद्दा आत्महत्या सम्बन्धी दर्ता भएको छ ।


पछिल्लो समय जिल्लामा चोरी सम्बन्धी अपराध समेत बढेको छ । दुई वर्षअघि चोरीका ३ वटा मुद्दा दर्ता २०७६ को असार मसान्तसम्ममा ११ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । चोरीमा मास्क लगाएर चोरी गर्ने घटना समेत घटेको छ । यो घटना भने दुई वर्ष अघि तीन र यो वर्ष ६ वटा चोरी नकाब लगाएर भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाका अनुसार लागु औषधसम्बन्धी मुद्धा समेत कम भएको छैन । दुई वर्ष अघि र यो वर्ष पनि १५ वटा मुद्दा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन् । यस्तै सार्वजनिक अपराध समेत बढेको छ । तीन वर्षअघि ३९ वटा मुद्दा दर्ता भएकोमा दुई वर्ष अघि ४८ र यो असार मसान्तसम्ममा ५६ वटा मुद्दा दर्ता भएका छन् ।

पछिल्लो तीन वर्षको कुल अपराधको तथ्यांक हेर्ने हो भने आव २०७३/०७४ मा २ सय ३८, आर्थिक वर्ष २०७४/०७५ मा २ सय ७५ र आव २०७५/०७६ मा ३ सय ३६ वटा आपराधिक मुद्दा प्रहरीमा दर्ता भएका छन् । बढ्दो सूचना प्रविधि, जनचेतना अधिबृद्धि, प्रहरीमाथिको विस्वासका कारण अपराधको संख्या प्रहरीसम्म आउने क्रम बढेको प्रहरीको दावी छ ।

अघिल्लो वर्षको तुलनामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या समेत पाल्पामा बढेको छ । दुई वर्षअघि सवारी दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो तर २०७६ असार मसान्तसम्ममा ४१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । बढ्दो सवारी चाप र ग्रामीण क्षेत्रका सडक असुरक्षित रहेका काराण दुर्घटना बढुदो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys