Erani Mahal
सामुदायिक रेडियो मदनपोखरालाई 'संस्थागत शिक्षा' पुरस्कार
Education-Prize-2075_2

सामुदायिक रेडियो मदनपोखराले संस्थागत शिक्षा पुरस्कार प्राप्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालले प्रदेश नं ५ बाट सामुदायिक रेडियो मदनपोखरालाई संस्थागत शिक्षा पुरस्कार २०७५प्रदान गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक रेडियो मदनपोखराका सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीलाई मंगलबार काठमाडौंमा यो पुरस्कार हस्तान्तरण गर्नुभयो । रेडियो मदनपोखरासँगै विभिन्न व्यक्तितथा संस्थाले शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।


पुरस्कार वितरण समारोहमा मन्त्री पोखरेलले शिक्षामा उत्तरदायी प्रणालीको विकास गर्न खोजिएको र त्यसपछि हेर्न लायकहुने बताउनुभयो । उहाँले शिक्षा देशको उत्पादनशील जनशक्ति तयार गर्ने क्षेत्र भएकाले यसको चौतर्फी वहसमा मिडिया र पत्रकारिताले सहयोग गर्नुपर्ने विचार व्यक्तगर्नुभयो ।

पुरस्कार ग्रहण गर्दै सारेमका अध्यक्ष जीसीले विद्यार्थीका लागि पहिलो पटक दूर शिक्षा रेडियो कार्यक्रमउत्पादनगर्ने र शिक्षामूलक निरन्तर कार्यक्रम सञ्चालन गर्ने रेडियो मदनपोखरालाई सरकारले पहिचान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले शिक्षालाई महत्वदिएर समाचार प्रकाशन र प्रसारण गर्ने, समाचार लेख्नेहरुको मूल्यांकनहुने बताउनुभयो ।


नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालपत्रकार महासंघले हरेक वर्ष पत्रकारिताका माध्यमबाट शिक्षामा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई शिक्षा पुरस्कार प्रदानगर्दै आइरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update