Erani Mahal
एक बर्षमा अढाई सय प्रहरीले गुमाए जागिर, के हो कारण ?
police

काठमाडौं– जागिर पछिल्लो एक वर्षमा भ्रष्टाचारसहितका गम्भीर गल्ती गर्ने २ सय ५६ प्रहरीले जागिर गुमाएका छन्। उनीहरूमध्ये २ सय ४९ लाई सेवाबाट हटाइएको र सातजनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सेवाबाट हटाइएकामा १ एसपी, २ इन्स्पेक्टर, पाँच सइ, ११ असइ, २४ हवल्दार, १ सय ९५ जवान र ११ जना कार्यालय सहयोगी छन्। त्यस्तै, १-१ जना असइ र सइ, २ हवल्दार, २ जवान र १ कार्यालय सहयोगीलाई बर्खास्त गरिएको खबर आजको नयाँ पत्रिकामा समचार छ ।

सेवाबाट हटाइएकाले प्रहरीबाट पाउने पेन्सनलगायतका सुविधा पाउँछन् भने बर्खास्त हुनेहरूले पाउँदैनन्। आर्थिक वर्ष ०७४र७५ मा २ सय ८० प्रहरी यस्तो कारबाहीमा परेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन १३, २०७६  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update