Erani Mahal
निस्दीमा जनसहभागिता बापतको १० प्रतिशत रकम गाउँपालिकाको खातामा जम्मा गर्नुपर्ने
67295312_420366445491159_1359214543384870912_n

पाल्पा - निस्दी गाउँपालिका पाल्पामा योजना तथा कार्यक्रम सन्चालन गर्नका लागि अब उपभोक्ताले १० प्रतिशत रकम गाउँपालिकाको खातामा जम्मा गर्नुपर्ने भएको छ ।

गत आर्थिक वर्षमा उपभोक्ता समितिको खातामा जम्मा गर्नुपर्ने भएपनि यो वर्ष भने यसो नगरिएको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभएको छ।निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाको गत आर्थिक वर्ष २०७५/०७६ को योजना तथा कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो ।

उहाँले अगाडि भन्नुभयो कृषक पाठशालामा कृषकको चासो कम रहेको बताउदै आधुनिक कृषि प्रणालीमा स्थानीय सरकारको जोड समेत रहेको बताउनुभयो।कार्यक्रममा वडाध्यक्ष मेख बहादुर सुनारीले आफ्नो गाउँ आफै बनाउनका लागि उपभोक्ता समितिले तत्परता देखाउनुपर्ने बताउदै बजेटको सदुपयोग गरि योजना तथा कार्यक्रम सम्पादन गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा निस्दी गाउँपालिकाका कार्यपालिका सदस्य तथा अर्चलेका वडा सदस्य मिम्श्री बयम्बुले यो साल वडामा भएका योजना तथा घटना दर्ता बारे जानकारी गराउनुभएको थियो।विभिन्न योजना तथा कार्यक्रमका उपभोक्ता समितिका प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा बोल्दै योजना तथा कार्यक्रममा आ-आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेकपा अर्चलेका अध्यक्ष तोल बहादुर राई,नेपाली काङ्ग्रेसका प्रतिनिधि होम बहादुर राना,होम राई मगर लगायतकाले बोल्दै उपभोक्तालाई परेको नितिगत तथा व्यवहारिक समस्या बारे बोल्नुभएको थियो ।

वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँपालिका पाल्पाका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो।यो वर्ष ५२ वटा योजना तथा कार्यक्रममा १ करोड ३६ लाख बराबरको निर्माणकार्य सम्पन्न भएको समेत जानकारी गराइएको थियो।वडा सदस्य कृष्ण बहादुर सोमैको स्वागत बाट शुरुभएको कार्यक्रमको सन्चालन कार्यालय सहयोग मित्र बहादुर सोमैले सन्चालन गर्नुभएको हो।

प्रकाशित मिति: आइतबार, साउन १२, २०७६  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update