Erani Mahal
'रिब्दीकाटे गाउँपालिकाले किसानलाई दधु र टमाटरमा अनुदान दिने'
IMG_2469-1

पाल्पा - रिब्दीकाटे गाउपाँलिकाले दधु उत्पादन गर्ने किसानलाई प्रतिलिटर दधुमा दुई रुपिया र टमाटरमा प्रतिकिलो दुई रुपियाँ ५० पैसा अनुदान दिने भएको छ । गाउपाँलिकाको पाँचौं गाउँसभाले रिब्दीकोट गाउँपालिकालाई कृषि र दुधजन्य पदार्थमा आत्मनिर्भर बनाउन किसानलाई दुध र टमाटर उत्पादनका आधारमा अनुदान दिने निर्णय गरेको हो ।


गत वर्ष पनि दुधमा प्रतिलिटर एक रुपियाँ अनुदान दिएको रिब्दीकोटले यो वर्ष बढाएर २ रुपियाँ पु¥याएको हो । रिब्दीकोटले किसानलाई प्रोत्साहन गर्न दुध र टमाटर उत्पादनमा अनुदान दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो ।

तस्विर : मिलन विश्वर्मा ।


यसैबीच रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालित बजेट तथा कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिले गत वर्ष विकास निर्माण, भौतिक पूर्वाधार निर्माण, सामाजिक तथा आर्थिक विकास, सीपमुलक तालिम, अशक्त तथा दीर्घ रोगीलाई अनुदानको व्यवस्था गरी काम गरेको थियो ।


सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न वडाबाट आएका सर्वसाधारण, पार्टीका प्रतिनिधि तथा प्रमूख, कर्मचारी, पत्रकार, विषयगत कार्यालयका प्रमूखको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीले बजेट पारदर्शी हुनुपर्ने, बजेट तथा योजना कार्यान्वयनमा सबै पक्षलाई समेट्नुपर्ने, दिगो विकासमा ध्यान दिनुपर्ने, कृषि सामग्री वितरण किसानमुखी बनाउनुपर्ने लगायतका सुझाव दिएका थिए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्याल, नेपाली कांग्रेस रिब्दीकोटका सभापति रामचन्द्र पाण्डे, नेकपा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष चिरन्जीवि पोखरेल, प्रमूख प्रशासकीय अधिकृत रिषीराम अर्जेल लगायतले मनतव्य राख्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update