X

पाल्पा प्रहरीद्वारा गाउँगाउँमा विषालु च्याउ सम्बन्धी सचेतना जगाउँदै

रानीमहल संवाददाता || ११ श्रावण २०७६,शनिबार १९:३२

पाल्पा – जङ्गली विषालु च्याउकाे सेवनले जिल्लाका विभिन्न स्थानमा सर्वसाधारणकाे ज्यान समेत गएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले विषालु च्याउ सम्बन्धी सचेतनामूलक सन्देश घर–घरमा पु¥याउने अभियान सुरु गरेको छ ।


जिल्लामा विषालु जंगली च्याउ तथा न्यूरोको सेवनबाट विरामी हुने तथा ज्यान गुमाउनेको क्रम नरोकिएको भन्दै स्थानीयहरुमा सचेतना जगाउनका लागि अभियान सुरु गरेको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यालयले आफु मातहतका प्रहरी चौकीहरुलाई विषालु च्याउ सम्बन्धी सचेतनाको सन्देश लिएर गाउँ–गाउँका घर–घरमा पुग्न आग्रह गरेको छ ।

कार्यालयको निर्देशन अनुसार इलाका प्रहरी कार्यालय, प्रहरी चौकी मार्फत प्रहरीहरु वस्तीहरुमा पुग्न थालेका छन् । जिल्लामा क्रमिक रुपमा विषालु जंगली च्याउ तथा न्यूरोको सेवनबाट विरामीसंगै ज्यानै जाने गरेको भन्दै प्रहरीले सचेतनाका लागि अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयाे ।

सापकाेटाले जिल्लाको सबै गाउँका घर–घरमा विषालु च्याउ सेवन नगर्नका लागि सन्देश पु¥याउन प्रहरी परिचालन गरिएको बताउनुभयाे । प्रहरीहरुले विषालु च्याउ तथा न्यूरोले पार्ने असरका बारेमा जानकारी दिनुका साथै त्यस्ता चिज सेवन नगर्न आग्रह गरेको छ । यसवर्ष जंगली च्याउको सेवनबाट जिल्ला निस्दी ३ का ६ जनाकाे अाकालमै ज्यान गुमाएका थिए । साथै च्याउ तथा न्यूरो सेवनबाट केही विरामी समेत भएका थिए ।

माथागढी गाउँपालिका-१ अघाखोलामा समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी आर्यभञ्ज्याङ, पाल्पाबाट प्र.ना.नि. उषा ढुङ्गाना सहितको टोलीले स्थानिय बासिहरुलाई जंगली बिषालु च्याउको प्रयोग नगर्ने सम्बन्धि बिषयमा जनचेतनामुकल कार्यक्रम सम्पन्न भएको छ।

यस्तै निस्दि पुर्वखाेला रम्भा लगायतका स्थानमा समेत सचेतनामुलक कार्यत्रःम गरिएकाे प्रहरीले जनाएकाे छ ।

पाल्पा रिब्दीकोट गाउँपालिका वडा नं.- ५ मुझुङमा समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय मुझुङ, पाल्पाबाट प्र.ह. बिष्णु प्रसाद रेग्मी सहितको टोलीले स्थानीय बासिहरुलाई जंगली बिषालु च्याउको प्रयोग नगर्ने सम्बन्धि बिषयमा जनचेतनामुकल कार्यक्रम सम्पन्न भएको छ ।

यस्तै पाल्पा रामपुर नगरपालिका वडा नं. ५ बेझाडमा ईलाका प्रहरी कार्यालय रामपुर, पाल्पाबाट प्र.स.नि. मोहन खत्री क्षेत्री सहितको टोलीले स्थानिय तरकारी तथा फलफुल व्यवसायी तथा स्थानिय समेतलाई जंगली बिषालु च्याउको प्रयोग नगर्ने सम्बन्धि बिषयमा जनचेतनामुकल कार्यक्रम सम्पन्न भएको छ ।

यस्तै  निस्दी गाँउपालिका वडा नं. ३ झिरुवासमा वडा अध्यक्ष सुरा सिं थापाको अध्यक्षतामा प्रहरी चौकी रुप्सेभञ्ज्याङ, पाल्पाबाट प्र.ह. बिक्रम डंगौरा सहितको टोलीले स्थानिय जनप्रतिनिधी, समाजसेवी, स्थानिय समेतलाई जंगली बिषालु च्याउको प्रयोग तथा मौसम परिवर्तन संगै प्राकृतिक विपद अन्तर्गत बाढी पहिरो सम्बन्धि न्यूनिकरण कसरी गर्ने लगायत बिषयमा जनचेतनामुकल कार्यक्रम सम्पन्न भएको छ ।

रम्भा गाउँपालिका- ३ पिपलडाँडा स्थित प्रतिक्षालयमा समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी राम्दी, पाल्पाबाट प्र.स.नि. खडानन्द भुषालको सहितको टोलीले स्थानीय बासिहरुलाई घरेलु हिंसा, बालविवाहा , लागुऔषध दुर्व्यसनी र बिषादी च्याँउ सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

पाल्पा रिब्दीकोट गाउँपालिका वडा नं.- २ देउरालिमा समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी हार्थोक, पाल्पाबाट प्र.ना.नि. नोख बहादुर थापा सहितको टोलीले स्थानिय बासिन्दाहरुलाई बिषादी च्याउ सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys