Erani Mahal
एउटा खुट्टाले नाचेर देश विदेश सम्म चर्चा कमाउन सफल रोमा
67170504_335509004064825_96251587197927424_n

सुमन कार्की पाल्पा । कला र मनोरञ्जन मननपराउने मानिस सायदै कमै होलान २१औं शताब्दीमा । त्यसमाथी अझै नृत्य त्यो पनि एउटा खुट्टाले मात्र ।

मानिसहरुले नृत्य भन्नासाथ दुइवटै खुट्टाको सहाराले नाच्छन भन्ने सारण पनि सोच राखेकै हुन्छन् । तर यहाँ एउटै खुट्टाले नाचेरै विश्व सामू चिनिन् सफल बनेकी छन् नेपालकी एउटी चेली । रोमा न्यौपाने नाम (एउटा खुट्टाले डान्स गर्ने कलाकार) भन्ने वितिकै पछिल्लो समय नसुन्ने र नचिन्ने सायदै कम हुनुन्छ होला देश तथा विदेशमा ।

पछिल्लो समय भाइरल बन्दै आउन सफल बनेकी इटहरीकी चेली हाल काठमाण्डौ बस्दै आउनु भएको जो एउटा खुट्टाको सहाराले मात्र डान्स गर्नु हुन्छ । आप्mनो कडा मेहेनत, हिम्मत र हौसलाले गर्दा आजको दिन सम्म आउदा आप्mनो एउटा खुट्टाले नाचेरै १७ वटा वाहिरी देश र नेपालको अधिकाम्स ठाँउमा पुगी सकेको र रोमाले आफु अपाङ्गता नभएको महशुस गर्न र अरु ब्यक्तिहरुको लागी प्रेरणा स्रोत मिलोस भन्ने हिसावले समेत यो पेशालाई अंगालेको वताउछिन् । उनी आप्mनो यो सफलताको श्रेय श्रीमान चिरञ्जीवी पोखरेललाई दिन्छीन् ,जस्को साथ सहयोग र विश्वासले गर्दा आज यहाँ सम्म आइपुगेकी छन् ।

सानै देखि नाचमा रुची राख्ने रोमा स्व. सत्य प्रकाश न्यौपाने र बृन्दा न्यौपानेको कोख वाट जन्मनु भएको हो । ६ जना दिदी वहिनी र १ जना भाई सँगै हुकनु भएको रोमाले सानै छदा अर्थात ८ बर्षको उमेरमा स्कूल जादा वाटो क्रस गर्ने क्रममा कारको ठक्करवाट एउटा खुट्टा गुमाउनु परेको थियो । सानैमा एउटा खुट्टा गुमाएपनि सवैको साथ, सहयोग, र हौसलाले आज यँहा सम्म आइपुगेको उनको भनाई रहेको छ । सानै देखि नाचमा वडि रुचि राख्ने भएकोले गर्दा नै अहिले आएर एउटा खुट्टाले नाचेरै संसार भरि आफुलाई चिनाउन सफल बनेकीे छन् ।

आजको दिन सम्म आइपुग्दा मानिसहरुकोलागी उनी आफुनै प्रेरणाकी स्रोत बनेकी हुन् । आफु भन्दा सानालाई माया र ठुलालाई आदर गर्ने बानीले गर्दा नै उनलाई अगाडी बढ्नमा मद्त मिलेको उनको आमा बृन्दा देवीको रहेको छ । नाचवाटै उनले आफ्नो जीवीकोर्पाजन गर्दे हाइरहेकी छन् । नेपाल भित्र तथा देश वाहिर हुने विभिन्न साँस्कृति कार्यक्रमहरुमा उनलाई कलाकारको रुपमा निमन्त्रण गरिने गरेको र त्यसवापत केही खर्च आयोजकको तर्फवाट दिइने गरेको हुनाले आफ्नो संर्घष पूर्ण जिवन चलिरहेकोे वताउछिन् ।

रोमाले डान्स सो वाहेक धेरै नै म्यूजिक भिडियो साथै ठुलो पर्दामा र टेलिसिरीयल हरुमा समेत आफ्नो शसक्त अभिनय दिइसकेकी छिन् । उनको पहिलो ठुलो पर्दाको नायिकाको रुपमा आएको फिल्म त्जभ ीबमथ ध्ष्तज ीबmउ रहेको छ भने अन्य चलचित्रमा मैदान्मा रहेको छ जस्मा महानायक राजेश हमाल को वहिनीको अभिनय गरेकी छन् । सानो पर्दाको रुपमा मह जोडी संगको मदन वहादुर हरि बहादुर , डा. सुनिता लगाएतमा अन्य टेलिचचित्रमा आफ्नो शसंक्त अभिनय गरि सकेकी छिन् ।

कडा मिहिनत, लगनशिल र सहनशिलताले गर्दा नै मानिसलाई अगाडी बढाउछ भन्ने राम्रो जल्दोबल्दो उदाहरण बनेकी छन् रोमा न्यौपाने

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update