Erani Mahal
आफ्नै सीप र कला साधनमा टिकेको अम्बर गुरूङको हस्तकला
67112891_371450840179987_6968498980795711488_n

विकास काफ्ले । उहाँ मेहनती हुनुहुन्छ र पौरखी पनि भन्ने कुरा उहाँको निवासमा पुगे पछि पुष्टि हुन्छ हस्तकला धनी अम्बरबहार गुरुङलाई कामको साँचो छैन, बिजुलीले अौजारहरू जोडन पाए अझै राम्रा र धेरै काष्ठकलाका सामग्री बनाउँथेँ भन्ने उहाँको ईच्छा छ।

बिहान बेलुका छाक टार्न पेन्सनको निश्चित रकम र कहिलेकाही बिक्री हुने उनको काष्ठककलाका सामग्री आम्दानी बाहेक श्रीमतीकाे खेती किसानी र अन्य कामले समेत टेवा पुर्‍याएको छ। सीप कला र जाँगर उनिसँग तर चाकडी, चाप्लुसी गर्न जान्दैनन त्यसैले त उचित सम्मान राज्य र समाजबाट उनले पाउन सकेका छैनन्।

मौलिक तथा स्वाभिमानी अनि आत्मनिर्भर बिगतको नेपाली जिवनलाइ कलामा उतार्न सिपालु अम्बरबहादुर एकपटक प्रदेश ५ का मुख्य मन्त्री, प्रधानमन्त्री र राष्टपतिलाइ भेटेर मनको वह पोख्न चाहन्छन्। राष्टपतिलाइ भेट्न जानका लागि कोशेली लग्न जननायक मदन भण्डारी काठको प्रतिमूर्ति समेत बनाएका छन्। तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, नेता कृष्ण अधिकारी, प्रदेशसभा सदस्य नारायण आचार्य लगायत सँग अनुरोध गरेर बुटवल र काठमाडौमा भेट्न जाने सोच समेत बनाएका छन्।


काे हुन अम्बरको जन्म कर्म यात्राका कुरा बिकाश काफ्लेसँग को कुराकानी

बि.सं. २०१६ साल वैशाख १७ गते तत्कालीन तुल्सीपुर नगरपालिका वाड नं.७, प्रतापकोट, नाउला, दाङमा टोपबहादुर र झुपी गुरूङका एक्लो छोराको रूपमा अम्बरबहादुर जन्मेका हुन् टोप झुपीका २छोरी मध्ये १ को निधन भयो भने कान्छी छोरी छविको बिहे बागलुङ भयो। बाल्यकाल सम्झदै भन्छन् -"अम्बर गुरूङको गुरुङको गित खुव मन पथ्रर्यो सानै देखि, कतै हिड्दा रेडियोमा बजेको बेला बाटोमा उभिएर सुन्थेँ। मलाई पढेर ठूलो विद्धान हुने मन थियो तर भाग्यले साथ दिएन। म १० बर्षको हुदा बुवा बित्नु भयो।

२ कक्षा सम्म मात्र पढन सकेँ। घरको काममा सघाउन पर्यो अनि गरिबका कारण पढ्न सकिएन। त्यसबेला अहिले जस्तो नजिकमा स्कुल पनि कहाँ हुन्थे र?" अम्बर सानै उमेर देखि आफै कामको खोजिमा लागे। त्यसबेलाको कुरा सम्झदै भन्छन् -" दाङमा जग्गा सम्बन्धि उच्चस्तरीय आयोग ३ बर्ष सहयोगीको काम गरेँ।

दाङबाट कामै नेपालगन्ज पुगेँ। सुदुरपश्चिमाञ्चलको क्षेत्रीय अदालत डोटीमा गर्ने एक जना साथी सँग चिनजान भएपछि आउने जाने भयो। त्याहाँका हाकिमले नागरिकता ल्याउ भने पछि नागरिकता लिएर गएँ।अर्दलीमा जागिर पाएँ १५० रूपैयाँ मासिक तलब थियो। २०३८ मा पद खारेज भयो सर्बोच्च अदालतमा प्रधानन्यायाधीश नैन बहादुर खत्री हुनुहुन्छ। नेपालगञ्जबाट डोटी गएँ। २०३८ मा सुदुरपश्चिमाञ्चलको क्षेत्रीय अदालत डोटीमा अर्दली (पियन) पदमा काम पाएँ २०३९ देखि स्थायी भएँ।" उनी जागिरको क्रममा एकैठाउँ नबसी विभिन्न जिल्लाका अदालत पुगेको पाइन्छ। किन त्यसो गरे उनले? कारण बताउदै भन्छन् -"देश दर्शन अर्थात घुम्न पाइने, नयाँ ठाउँ हेर्न पाइने लोभले आफै सरूवा मागेर गएँ।

नत्र त आफ्नौ खर्चमा हामी जस्ता गरीब कसरी घुम्न सकिन्छ र?" अम्बर बहादुर २०४० मा सुर्खेतस्थित मध्यश्चिमाञ्चल क्षेत्रीय अदालतमा सरूवा भए। २०४३ मा दाङ २०४७ मा रोल्पा २०५०मा पुन दाङ २०५६ मा तौलिहवा जिल्ला अदालत हुदै २०५७ जेठ महिना देखि पाल्पाको जिल्ला अदालतमा सरूवा भए २०६० मा पाल्पा बाटै अवकाश लिए। उनको बिहे २०४८ मा प्युठान दम्पतीकि सरिता केसिसँग भएको हो।

सरिताका बुवाले त्यसबेला दाइमा होटल व्यवसाय गरेका थिए। होटलमा खाना नास्ता खान आउने जाने क्रममा अम्बर सँग भने र बिहे गराए।"उनी भन्छन् -" गाउँ घरमा उपलब्ध अौजार करौती छिनो रूखान बसुला बलमा काठबाटै तराई पहाड हिमाली जनजीवन झल्काउने खालका कलाल्मक चित्र कोलमा तेज पेल्दै गरेको कुडुँले घर चर्केकिङ बन्दुक तरबार मादल बजाउँदै गरेको मान्छे हुक्का सिक्री तानसेनको बिरेन्द्र पार्क डाडु लठ्ठी ढडिया भगवान बुद्ध भानुभक्त घर सर्प मोही पारेको विभिन्न पशुपक्षी बच्चाले दूध खाँदै गरेको र अन्य ग्रामीण जनजवन झल्को आउने खाल्का मुर्ति लगायत काठका हजारौं सामग्री बनाएँ।"

सबैभन्दा अचम्मम लाग्दो काठको सिक्री बनाएका छन् ९ महिना बढी लगाएर एउटै काठबाट बनाएको सिक्री देखाउदै अम्बरले भने -" एउटै काठ खोपेर बनाएको हो छुट्टाछुट्टै बनाएर जोडेको होइन २०५४ सालमा दाङ घोराहीमा ज्ञानु काष्ठकला संगमको स्थापना गरेँ।

म सँगबाट राजा पाल्पा संग्रहालयमा राजेन्द्र गोपाल सिंहले पनि समग्री लानु भएको छ। हास्य कलाकार बिजय वोम्रेल र म बिकाश काफ्ले सगै तानसेन ७ बर्तुङस्थित उनको घरमा पुग्दा उनी साल्लाघारीमा मिल्किने सल्लाका सुकेको फुललाई बाँसको खुट्टा र काठको टाउको जोडेर दुरूस्त अष्ट्रिच चरा बनाउँदै थिए। घरभित्र बनाएका सयौं आकृति थए, झण्डै संग्रहालय जस्तै देखएको थियो उनको घरमा त्यसो त उनको सिमेण्टबाट तानसेन टुँडिखेलमा नेपाली सेनाको सहयोगमा बुटवल जीतगढी नाकामा अंग्रेज फौजलाइ परास्त गर्ने तत्कालीन पाल्पाली सेना कर्णेल उजीरसिंह थापाको सालिक बनाएका छन् तानसेन नगरपालिका भवनभित्र उनको बनाएको काठको हलगोरूसहितको चित्र देखिन्छ। उनको पूर्व राजा ज्ञानेन्द्रलाई तानसेन टुँडिखेलमा काठबाट डाँफे चरा उपाहार दिदा ज्ञानेन्द्र छक्क परेका थिए।

सिक्नु खोज्नु पर्यो गर्न चासो देखाउनु पर्यो नि सिकेनन पाएसम्म फालिएको सल्लो भेडी बाँसको जरा खिर्रो र रोठी लगायतका सामग्री उनको प्राण भर्छन नपाए अन्य काठबाट पनि बनाउँछन् उनको अाँपको काठबाट जननेता मदन भण्डारीको प्रारूप तयार गरेको देखाए।उनको २०५५ सालमा पहिलो पटक दाङमा भएको अौद्मोगिक प्रदर्शनीका बेला १ हजार नगर पुरस्कार पाएका थिय। धेरै ठाउँबाट प्रसंसा पत्र पाएका पनि छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update