Erani Mahal
पाल्पा तिनाउ श्रीडाँडामा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यू
Accident1521_ndQD1AFEnE

पाल्पा– पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ३ श्रीडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवाको ज्यान गएको छ ।


श्रीडाँडामा रहेको ढुङ्गखानी नजिकै मोटर साईकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार चालक बुद्धबहादुर दर्लामीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


विहिबार खानीबाट श्रीडाडाँ तर्फ जाँदै गरेको लु ४५ प ७८१२ नम्वरको मोटसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटसाईकल चालक तिनाउ गाउँपालिका ३ का ३१ वर्षका बुद्धबहादुर दर्लामीको मृत्यु भएको हो ।


खानीबाट घर जाँदै गर्दा दर्लामी दुर्घटनामा परेका थिए, मोटरसाइकल दुर्घटनामा घाईते भएका दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा विहिवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।


वर्षातको समयमा मोटर साइकल अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update