Erani Mahal
युएईमा रहनुभएका पाल्पालीहरूबाट उपचारका लागि रकम सहयोग
IMG_9112-1

पाल्पा – युएईमा रहेका पाल्पालीहरुको नेतृत्वमा उपचारका लागि सहयोग रकम जुटेको छ । बगनासकाली गाउँपालिका–८, बराङदी घिउसीबासका घ्५ वर्षिय हरि भुसालको उपचारमा सहयोग पुग्ने गरी युएईमा रहनुभएका पाल्पालीहरूले सहयोग रकम जुटाउनुभएको हो ।
व्रेन ट्युमरबाट गम्भीर बिरामी पर्नुभएका भुसाललाई हरी बचाउँ अभियान संचालन गरेर दुबईमा कार्यरत युवाहरुले आर्थिक सहयोग जुटाउनुभएको हो ।


बगनासकाली गाउँपालिका–९, घर भई हाल वैदेशिक रोजगारीमा रहनुभएका तिलक राम बस्याल, राजु बस्याल र ईश्वरी प्रसाद बस्यालको नेतृत्वमा एक लाख पचास हजार रुपैयाँ आर्थिक संकलन गरिएको हो । उक्त रकम समाजसेवी कृष्ण प्रसादभुषाल र राम प्रसाद बस्याल मार्फत उपलब्ध गराइएको हो ।


भुसालको उपचारको लागि बगनासकाली–९, घर भइ हाल युएईमा रहनुभएका तिलकराम बस्याल सोही स्थानका राजु बस्याल, ईश्वरी बस्याल, कालिदाश बस्याल, रमेश बस्याल, कृष्ण बस्याल, खहरेखोलाका दिपक तिमिल्सेना, बगनासकाली ७ खानीगाउँ घर भइ हाल युएईमा रहनुभएका माधव गैरे बगनासकाली ८ घर भइ हाल युएईमा रहेका कृष्ण बस्याल लगायतबाट एक लाखपचास हजार रुपैयाँ सहयोग भएको रकम संकलन समितिका संयोजक तिलकराम बस्यालले बताउनुभयो ।

रकम वुझेपछि पीडितका परिवारले आपतको बला सहयोगको पहल गर्ने अध्यक्ष बस्याल र बदैशिक रोजगारमा रहनुभएका अन्य सहयोगीहरुलाई धन्यवाद दिनुभएको छ ।


भुसालको उपचारका लागि हालसम्म अमेरिकाबाट दुई लाख १ हजार, कोरीयाबाट एक लाख ३ हजार, दुवईबाट १ लाख ५० हजार, बुटबल क्षेत्रबाट ६१ हजार र गाउँबाट १ लाख २०हजार गरी ६ लाख बढी रकम संकलन भएको भुषालका संरक्षक मोतिलाल बस्यालले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update