Erani Mahal
रूपन्देहीमा बाढीले घर बगायो
67593839_355508472017215_5359447478292709376_n

बुटवल - अविरल वर्षापछि आएको बाढीले रुपन्देहीको ढवाहमा एउटा घर बगाएको छ । ढवाह वडा न १२ पिस पार्क नजिकै रहेको दिपक वि क को घर राति १ बजे सातगरी खोलामा आएको बाढीले बगाएको हो।

बाढीको संभावनालाई मध्यनजर गर्दै मंगलबार त्यस वारी परि शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा खोलामा जाली तथा ढुंगाको पर्खाल लगाए पनि गए राति आएको ठुलो बढीको कारण घर बगाएको प्रहरी सहायक निरीक्षक लोक बहादुर रजाली मगरले जानकारी दिनुभएको छ ।

जोखिमको सम्भावना देखेर मंगलबार नै घरका सबै समान अन्यन्त्र सारेको र घरमा रहेका सबै परिवर बाहिर बसेको कारण मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update