Erani Mahal
तानसेन नगरको जमानीमा एक सय युवाले  बैंकबाट सहुलियत ऋण पाउने
67150797_462234964598659_6457391365696258048_n

पाल्पा - चालु आर्थिक वर्ष २०७६/०७७ को अन्त्यसम्ममा तानसेनका ३ सय युवालाई उद्यमशील बनाउने याेजना अघि सारेकाे छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(यूनडीपी) को आर्थिक सहयोग, तानसेन नगरपालिकाको साझेदारी र ग्रामीण आर्थिक विकास संघ (रेडा) को अग्रसरतामा उनीहरुलाई उद्यमशील बनाइने रेडाका प्रमुख कार्यकारी अधिकृत लिला बहादुर कार्कीले जानकारी दिनुभयाे।

युवाका लागि उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत यहाँका युवालाई सीपमूलक तालिम दिइनुका साथै व्यावसायमा समेत आर्थिक तथा प्राविधिक सहयोग प्राप्त हुनेछ। झण्डै एक वर्षसम्म युवालाई विभिन्न प्रजातीका फूल उत्पादन, माछापालन, कीबी स्ट्राबेरी खेती, पाल्पाली ढाका, पाल्पाली करुवा उत्पादन गर्ने, काठको शिल्प, बाँस र माटोको भाँडा बनाउने तालिम दिइने निर्देशक कार्कीले जानकारी दिनुभयाे ।

साथै तालिम लिएका युवालाई व्यवसायी तथा उद्यमी बनाउन पनि सहयोग उपलब्ध हुनेछ। कार्कीले कृषि र पशुजन्य उत्पादन जम्मा गर्ने केन्द्रहरु स्थापना गर्ने, तानसेन नगरपालिका र आसपासका बजारहरुमा बिक्री आउटलेटहरु समेत निर्माण गरिने बताउनुभयाे ।


तालिम पश्चात कम्तिमा एकसय जना युवा उद्यमीहरुलाई सहुलियत ऋण उपलब्ध गराइ व्यवसाय संचालनमा सहयोग गरिने तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताउनुभयाे ।

नगरभित्रका बेरोजगार युवालाई आर्थिक हिसाबले खेल्न सक्ने बनाउने लक्ष्य यो परियोजनाको लक्ष्य हो उनले भने इमान्दार र परिश्रमी युवालाई नगपालिका नै जमानी बसेर बैंकबाट सहुलियत ऋण उपलब्ध गराइने छ।

युवालाई विनाधितो ऋण उपलब्ध गराई स्वरोजगार बनाउने उद्देश्यले तानसेन नगरपालिकाले बैंकमा डेढ करोड धरौटी वापत रकम संकलन गरेको छ उहाँले भन्नुभयाे । जागिरे नभइ युवालाई उद्यमी बनाउने यो परियोजनाको लक्ष्य रहेको यूनडीपीका सुदीप अर्यालले बताउनुभयाे । गाउँमै फुर्सदिला रहेका र विदेशबाट समेत फर्किएका युवालाई यो कार्यक्रमले प्राथमिकता दिनेछ उनले भने तालिम पश्चात उनीहरुको क्षमता विकास हुने र दीगो रुपमा उद्यमी बन्ने छन्।


नेपाल बैक लिमिटेड पाल्पा शाखाका प्रबन्धक सुरज घिमिरेले तानसेन नगरपालिकासँग भएको सहमती बमोजिम तालिममा सहभागी युवालाई सहुलियत ऋण उपलब्ध गराउने बताउनुभयाे । महिलालाई २.९८ र पुरुषलाई ३.९२ प्रतिशत व्यजदरमा सहुलियत ऋण पाउने उहाँले बताउनुभयाे । विभिन्न प्रक्रिया पु¥याई तानसेन नगरपालिकाको सिफारिसमा आएका युवालाई विना झण्झट एक करोडसम्म ऋण दिइने प्रबन्धक घिमिरेले बताउनुभयाे ।


नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सभापति राजेश कुमार अर्यालले ऋण लिएका युवालाई पहिलो पटक कम्तिमा ६ महिनामा व्याज दिने व्यवस्था मिलाउनुपर्ने बताउनुभयाे । भर्खरै व्यवसाय थालेका युवाले एक महिनामै व्याज दिन नसक्ने उहाँले बताउनुभयाे ।

तानसेन नगरपालिका भित्र मात्रै करीब २० हजार युवा छन् युवा परिषद तानसेनका संयोजक गुराँस आत्रेयले भन्नुभयाे विदेशमा रहेका युवालाई गाउँमै फर्काएर उद्यमी बनाउने खालका दीर्घकालिन योजना बनाउन आवश्यक छ। चार करोड बढी लगानीमा युवा केन्द्रित कार्यक्रम संचालन हुन लागेको हो।

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update