Erani Mahal
सामाजिक विभेद् कम गर्न पत्रकार र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण
67455097_413866699226798_8680540599306158080_n-1

पाल्पा – पाल्पाका पत्रकार र जनप्रतिनिधिहरु लागि एक दिने कार्यशाला गोष्ठीमा सहभागी भएका छन् । दलित महिला केन्द्र नेपालले तानसेनमा आयोजना गरेको दलित महिला जनप्रतिनिधिहरुको राजनीतिक सशक्तिकरण परियोजना लेखन र प्रकाशनका लागि मिडियासँग सम्बन्ध विस्तार कार्यशाला गरिएको हो ।


कार्यशालामा पाल्पाका पत्रकारहरू, पाल्पा जिल्लाका विभिन्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिहरू सहभागी थिए । सो अवसरमा उनीहरूले दलित समुदायको मुद्दा शसक्त बनाउनका लागि जनप्रतिनिधि र संचारकर्मी र संचारसंस्थासँग सम्बन्ध बिस्तार गर्नुपर्नेमा जोड दिइएको थियो ।


गोष्ठीमा सहजीकरण गर्दै नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइटेलले स्थानीय दलित वर्गका मुद्दाहरुमा स्थानीय मिडियाहरुको भूमिका महत्वपूर्ण रहनुपर्ने बताउनुभयो । आवाज विहिनहरुको आवाजलाई बाहिर ल्याउन सहयोग पु¥याउने मिडियाहरुले दविएका र दवाइएका विषयहरुलाई जनप्रतिनिधीहरुको सहकार्यमा बाहिर ल्याई समस्याको समधान गर्न सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो ।


दलित महिला जनप्रतिनिधिहरुले दलित वर्गका मुद्दाहरुमा मिडियाले खासै चासोका साथ नलिएकाले अब जनप्रतिनिधी र मिडियाहरु बीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा तानसेन–१० की स्थानीय बासिन्दा तथा तानसेन नगरपालिका कार्यपालिका सदस्य बुद्धिश्वरा सुनारले दलित र गैरदलितका मुद्दाहरुको सत्यतथ्य बाहिर ल्याउन स्थानीय मिडियाले भूमिका खेल्नुपर्ने बताउनुभयो ।


उहाँले कतिपय दवाब र प्रभावका कारण दलित वर्गका मुद्दाहरु बाहिर आउन नसकेको उल्लेख गर्नुभयो । गीता कौशलले मुद्दाहरु उठान गर्न चाहदा चाहँदै पनि आफुहरुले विभिन्न कारणले मुद्दाहरु बाहिर ल्याउन नसकेको बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update