Erani Mahal
रामपुर, निस्दी र पूर्वखोलामा 'पुष्पलाल' स्मृति सभा सम्पन्न
67404309_2226931514069353_8885593968788635648_n-1

पाल्पा - नेपाल कम्युनिस्ट पार्टी निस्दी गाउँ संगठन कमिटी पाल्पाको आयोजनामा ४१ औं पुष्पलाल स्मृति दिवस तथा वृक्षरोपण कार्यक्रम मित्यालमा मंगलबार सम्पन्न भएको छ। कमिटीका अध्यक्ष हेमबहादुर खाम्चाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना नेपाल कम्युनिस्ट पार्टी जिल्ला सदस्य तथा पाल्पा क्षेत्र नम्बर १ क इन्चार्ज देबिलाल लामिछाने, निस्दी गाउँपालिका इन्चार्ज तथा जिल्ला सदस्य बलु गैरे, निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु लगायतले बोल्नुहुँदै पुष्पलालले पुर्याउनु भएको योगदानको चर्च गर्नुभएको थियो । सोहि अवसरमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले केम स्मृति प्रतिस्ठान भवनको वरिपरि वृक्षरोपण समेत गरेको छ। कार्यक्रमको संचालन नरबहादुर सुनारीले गर्नुभएको थियोे ।

पूर्वखोलामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुस्पलालको ४१ औं स्मृती दिवसमा पूर्वखोलाको गाउपालिका देखी खल्लुक भञ्याङ सम्मको मोटर बाटको किनारामा करिब ३०० प्रकारका बिभिन्न थरिका विरूवा रोपेर स्मृति दिवस मनाएका छन ।

कार्यक्रममा नेकपा पूर्वखोला गाउपालिका इन्चार्ज इशोरी न्यौपाने ले पुस्पलालको इतिहास र पुस्पलाले गरेको कामको बारेममा बोल्नु भएको थियो । कार्यक्रममा पूर्वखोला गाउपालिका अध्यक्ष नुन बहादुर थापा उपाध्यक्ष भागरथी भट्टराइ समाजसेवी निलकण्ठ न्यौपाने , नेकपा पूर्वखोला गाउकमिटी सचिब प्रेम गैह्रे, पूर्वखोला गाउपालिका भित्रका सबै वडाका वडा अध्यक्ष तथा सदय लगायत १०० भन्दा नेता तथा कार्यक्रता, अन्यसमाजसेवी उपस्थिति रहेको थियो ।

रामपुरमा पुष्पलाल स्मृति दिवसमा नेकपा रामपुर नगर कमिटी रामपुरले मंगलबार एक कार्यक्रम गरेकोछ । स्मृति दिवसको अबसरमा प्रमुख अथिती प्रदेश न ५ प्रदेश साम्सद युबराज खनालले पुष्पलालको जिबनी बताउदै उहाँ सधै श्रमजीवी बर्गको लागि वर्गसंघर्ष गर्ने पहिलो व्यक्ती रहेको बताउदै हामी उहाँले देखायको बाटो हिन्नु पर्ने र सर्बहाराको पक्षमा बोल्दै जानू पर्ने र अहिले सरकार यसैको लागि शुखी नेपाली समृद्ध नेपालको लडाइ लडिरहेका बताउनु भएको छ ।

नेकपा को नगर सदस्य प्रेम बहादुर पोखरेलको स्वागत बाट सुरु भएको कार्यक्रममा नेकपा पूर्ब अञ्चल कमिटी सदस्य लेखनाथ पोखरेल, जिल्ला कमिटी सदस्य राजु प्रसाद श्रेष्ठ , राजेन्द्र लक्ष्मि गैरे लगायतले आफ्ना भनाइ राख्नु भएको थियोे । कार्यक्रमको अध्यक्षता नगर कमिटी अध्यक्ष कमलराज भट्टराईले गर्नु भएको र सन्चालन नगर कमिटि सदस्य फडेश्वर गौतमले गर्नु भएको हो । - बन्दना पोखरेल (रामपुर), धनबहादुर ठाडा (निस्दी) र डिल्लीराज पंगेनी (पूर्वखोलाको सहयोगमा तयार गरिएको)

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update